अमेरिका-फेसबुकले एक ईमेल विज्ञप्ति जारी गर्दै डोनाल्ड ट्रम्पको चुनाबी अभियानले पोस्ट गरेको विज्ञापनहरू हटाएको जानकारी दिएको छ । विज्ञप्तिमा जनाइए अनुसार राष्ट्रपतिद्वारा डोनाल्ड ट्रम्पलाई पुन निर्बाचित गराउन संचालित अभियानले पोस्ट गरेका विज्ञापनहरूमा प्रयोग गरिएको रातो रंगको उल्टो फर्किएको त्रिकोण आकारको संकेत दोस्रो विश्वयुद्ध ताका नाजीहरुले यातना शिविरमा रहेका राजनीतिक कैदीहरूलाई पहिचान गर्न प्रयोग गरेको प्रतीकसँग मिल्दोजुल्दो भएकाले हटाएको फेसबुकले जनाएको छ । ” संगठित घृणाविरुद्धको हाम्रो नीति उल्लघन गरेकोले हामीले यी पोष्टहरू र विज्ञापनहरू हटायौं । हाम्रो नीतिले प्रतिबन्धित समूहको संगठित घृणा फैलाउने प्रतीकको प्रयोग गर्न निषेध गर्दछ ” विज्ञप्तिमा जनाईएको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















