लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा शुक्रबार पोखराको फेवातालमा जलकुम्भीझार हटाउने कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्टिक ३२५ बी–१ नेपालका भोकेसनल स्किल डिर्पाटमेन्ट अफिसर सन्तोष घिमिरेले पोखरामा करीब २०० लायन्स क्लबहरु रहेको र सम्पूर्ण लायन्स क्लबले पोखरा फेवा वेगनास चौतारीले जसरी जलकुम्भी झार निकाल्ने काम गर्ने हो भने फेवातालमा जलकुम्बी झार पूर्ण रुपले हट्ने बताए ।

क्लबका अध्यक्ष लायन टंक ढकालले देखावटी काम गरेर फोटोमात्र खिचाउने नभई साच्चैनै मानवसेवाका काम र समाजमा प्रभाव पार्ने तथा समाज रुपान्तरण गर्ने खालका कार्यक्रहरु गरियो भने अझ लायन्सलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउने तथा समाजले पनि अझ बढि विश्वास गर्ने बताए ।
कार्यक्रममा जोन ९६ का जोन चियर पर्सन शान्ता थापा भण्डारी, डिष्ट्रिक मेम्बर जितबहादुर थापा गोपाल, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीकासह–सचिव एवं कार्यक्रमका संयोजक चित्र गुरुङ, द्वितीय उपाध्यक्ष लायन महेश्वर रिमाल, सचिव कृष्ण प्रसाद आचार्यले आ–आफ्नो भनाइ राखे । जलकुम्भी झार निकाल्न आवश्यक पर्ने औजार, डुंगा र लाइफ ज्याकेटकोको व्यवस्था फेवाताल डुंगा व्यवसायीले गरेको थियो ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















