अमेरिका– भारत पछि अब अमेरिकामा पनि टिकटक सहित चिनिया मोबाइल एप प्रतिबन्ध लगाउन अमेरिकी सरकार अग्रसर भएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले फक्स न्युज च्यानलको एक कार्यक्रममा यसलाई प्रतिबन्ध लगाउन गंभीर रुपमा अग्रसर भएको बताएका हुन ।
उनले भने– निश्चित रुपमा हामी चिनिया एपलाई प्रतिबन्ध लगाउन बिचार गरिरहेका छौ । उता अष्टे«लियामा पनि चिनिया एप प्रतिबन्ध लगाउन आवाज उठेको छ । भारतमा टिकटक प्रतिबन्ध भएपछि चिनिया कम्पनीलाई ६ अब डलरको नोक्सान भएको जनाइएको छ ।
भारतले टिकटक लगायत चिनिया एपलाई प्रतिबन्ध लगाएपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि त्यसको समर्थन गरेका थिए । यसपछि अमेरिका पनि यसलाई प्रतिबन्ध लगाउन अगाडी बढेको छ ।
चीनले २०१७ मा टिकटक संसारभरका लागी लन्च गरेको थियो । तर यो एप चिनिया बजारमा भने लन्च गरिएको थिएन ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















