अमेरिका– अमेरिकामा आफनो पत्नी र आमाको हत्याको अभियोगमा एक भारतीय मुलका व्यक्ति पक्राउ परेका छन् ।
एशिया च्याम्पियनसियमा भारतका लागी कास्य पदक जितेका पुर्व एथलेटिक्स खेलाडी समेत रहेका ६२ वर्षिय इकबाल सिंहलाई पक्राउ गरिएको हो । पेन्सिलभेनियाको डेलावर काउन्टीमा बसोबास गर्ने उनले प्रहरीलाई फोन गरी आफनो अपराध स्वीकार गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । प्रहरी उनको निवास पुग्दा रगतले लत्पतिएका उनले आफुलाई समेत चोट पु¥याएको बताईन्छ ।
घरभित्रै आमा नसिब कौर तथा पत्नी जसपाल कौरको शब भेटिएको थियो । उनले के कारणले आमा र पत्नीको हत्या गरे भन्ने बारेमा केही खुलेको छैन ।
सिंहले १९८३ मा भएकाे एशियन गेममा एथलेटिक्समा कास्य पदक जितेका थिए । त्यस यता खेलमा कुनै अवसर नपाए पछि उनी अमेरिका आएकाे बताईन्छ ।भारतकाे पन्जाब हाेशियारपुरका सिंहले अमेरिकामा उबर चलाउदै आएका थिए ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















