अमेरिका– यतिबेला अमेरिकामा राष्ट्रपति निर्वाचनको सरगर्मि बढेर गएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमाक्रेट प्रतिद्धन्द्धी जो बाइडेन पहिलो पटक आज आमन्ने –सामन्ने हुदैछन् । ट्रम्प र बाइडेन प्रेसिडेन्सियल डिबेटका लागी आमन्ने सामन्न हुन लागेका हुन । अमेरिकाको ओहायो स्थित केस बेस्टन रिजर्ब युनिभर्सिटीमा आज मगबार राती ९ बजे बहस हुदैछ । डिभेटलाई फक्स न्युजका चर्चित एंकर क्रिस वालेसले संचालन गर्नेछन् । डिबेटका लागी ६ वटा विषयहरु चुनिएका छन् । दुवै जनाको रेकर्ड, सुप्रिम कोर्ट कोरोनाभाइरस, अर्थव्यवस्था, नश्ल भेद हिंसा तथा चुनावको पवित्रता रहेका छन् । हरेक विषयका लागी १५ मिनेटको समय दिइनेछ । यो समयमा दुवै बीच आरोप प्रत्यारोपको बहस पनि चल्नेछ ।
यसपटकको बहसमा दर्शकको संख्याले पछिल्ला रेकर्डहरु तोडर्ने अनुमान गरिएको छ । २०१६ को प्रेसिडेन्सियन डिबेटमा ८४ मिलियनले टिभीमा हेरेका थिए । राष्ट्रपति ट्रम्प र बाइडेन बीच यो पछि अरु दुई बहस कार्यक्रमम हुनेछ । अर्को डिबेट १५ अक्टुबर र तेस्रो २२ अक्टुबरमा हुनेछ । नाेभेम्बर ३ मा राष्ट्रपति निर्वाचन हुदैछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected