अमेरिका– एचआइभी एडस जस्तो प्राणघातक रोगलाई हराएका विश्वकै पहिलो व्यक्ति अमेरिकाको क्यालिफोर्नियाको स्प्रिन्स सहर निवासी टिमोथी रे ब्राउनको क्यान्सरको कारण मुत्यु भएको छ ।
एडस लाई जितेका ब्राउनको केही दिन अघि मात्र क्यान्सरका कारण मुत्यु भएको हो । उपचारका क्रममा उनको घरमै निधन भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । एक दशक पहिला नै उनले एचआइभी संक्रमणलाई हराएका थिए । एचआइभीलाई हराएका उनी सबैका लागी उदाहरण बनेका थिए । उनलाई सन् १९९५ मा एचआइभीको संक्रमण भेटिएको थियो । जति बेला एचआइभीलाई खराब नजरले हेर्ने गरिन्थ्यो । उनको उपचारका लागी कसैले आफनो बोन म्यारो दिएका थिए । जसका कारण उनलाई एचआइभी विरुद्ध प्रतिरोधात्मक क्षमताको काम ग¥यो । यसैको कारण एचआइभी ठिक भएको थियो । २००८ मा उनलाई एचआइभी संगै क्यान्सर पनि ठिक भएको थियो । यसै वर्ष उनमा फेरी क्यान्सर फर्केर आयो र क्यान्सरकै कारण ज्यान गयो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected