टेक्सस-पाेखराका बिराट बस्याल टेक्ससको युलेसमा बस्दै आएका छन् । तिहारको टिकाको दिन उनको मन खिन्न छ । दुई वर्ष अघि नेपालमा हुदा निधारमा सप्तरंगी टिका र गलामा माला लगाएर भाइटिका धुभधाम मनाएका उनको दुईवटा तिहार परदेशमा निधार खाली रह्यो ।
परदेशको तिहार निधार खालीले खल्लो जस्तो भयो’ उनले भने–‘स्वदेशमा जस्तो चाडपर्वको चहलपहल र महत्व यहा“ केही पाइन ।’
हो उनले भने जस्तै चाडपर्व आए पनि परदेशमा कसैले पनि खुशीयाली र नेपालको जस्तै चहलपहल कसैले महसुस गदैनन । यसपटक कोविड–१९ को महामारीले झनै तिहारलाई खल्लो बनाइदिएको छ
यसपटक दशैतिहार विदाको समयमा नपरेका कारण पनि धेरै जसो नेपालीहरु काममै व्यस्त देखिएका छन् । अधिकाशंका परिवार सबै यतै नभएकाले पनि भाइटिका खासै झिलिमिली रंगीन बन्न सकेको छैन ।
कतिपय दाजुभाईका दिदिबिहीन यता छैनन भने कतिपय दिदिबहिनीका दाजुभाई यता छैनन । यही भएर पनि दाजुभाइ दिदिबहिनी नहुनेहरुका लागी तिहारले रंग ल्याउन सकेको छैन । धेरैका निधार यो परदेशी भुमिमा खाली छन् ।
यहा“ वर्षो देखि स्वदेश फिर्न नपाएका र दिदिबहिनी र दाजुभाईसंग भेटन नपाएका नेपालीहरु धेरै छन् । । हरेक वर्षृ दशैतिहार आउ“दा उनीहरुको निधार खाली हुन्छ । अमेरिकाको बासिङटनडिसीमा बसोबास गर्ने दिपसना पौडेलको पनि निधारमा टिका नपरेको वर्षो भएछ । उनले भनिन– ‘यो पाली पनि भाइटिका टिका बिना नै जाने भयो ।’
उनी मात्र हैनन वर्षो देखि भाइटिकामा निधार खाली हुने परदेशी नेपालीहरु यहा“ प्रशस्तै छन् । नेपालीहरुको ठुलो चार्डको रुपमा लिइने दशै र तिहार हरेक वर्ष नसो धेरैले खल्लो अनुभव गर्ने गरेका छन् ।
भक्तपुरका अनुप आचार्य केही वर्ष देखि टेक्ससको फोर्थओर्थमा बसोबास गदै आएका छन् । उनको पनि यसपटकको तिहारमा निधार खाली भएको छ । दिदिबहिनी सम्झेर उनको मन कटक्क भएको छ । ‘तिहारको रमझममा निधार खाली हु“दा मन अमिलो हुने रहेछ’ उनले भने– ‘भाइटिका आउ“दा नेपाल र दिदिबहिनीको सम्झना औधी आउने रहेछ ।’
चाडपर्वमा कतिपय आफन्त नभएर त कतिपय कामको व्यस्तताले गर्दा पनि टिका लगाउने फुर्सद पाउदैनन । यस्तै व्यस्तता र आफन्त विनाको रमझमले प्रवासमा चाडपर्वले खासै नेपालीहरुलाई छुन सकेको छैन ।
शिकागोमा बस्ने स्याङजाका सन्दिप केसीको अमेरिका आएको पा“च वर्ष भइसक्यो । यी सबै वर्ष उनको भाइटिकामा निधार खाली रहेर नै गयो । सुरुका वर्ष त उनी दिदिबिहीनी सम्झेर एक्लै रोएछन् पनि । यसपटक पनि खल्लो तिहार उनको यसरी नै गएको छ । तिहारको दिन पनि उनी काममै व्यस्त छन् । भाइटिका आए पनि टिका लगाउने कोही छैन उनले भने– विदा पनि नपाएकाले मत काममै छु ।’
चाडपर्व आउदा स्वदेश फिर्न पनि धेरैलाई विभिन्न झन्झट र बाध्यताले झेल्दै आएको हुन्छ । न स्वदेश फिर्न र न यता रमाइला हुने कारणले परदेशलाई चार्डले नरमाईलो अनुभुति गराउछ । हरेक वर्ष जस्तै यस वर्षको भाइटिकामा पनि धेरैको निधार यो प्रवासमा खालीरहेको छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected