हङकङकाे एक नेपाली रेष्टुरेन्टमा आगलागी हुदाँ सात नेपालीकाे मुत्यु, १८ घाईते
हङकङ-हङकङ को नेपाली रेष्टुरामा आईतबार राती भएको आगलागीमा सात जना नेपालीको मुत्यु भएको छ ।
नेपालीले संचालन गरेको जिरे खुर्सानी नामक रेष्टुरेन्टमा भएको आगलागीमा मुत्यु हुनेमा ९ वर्षिय बालक सहित तीन महिला र चार पुरुष रहेका छन् । हङकङबाट प्राप्त जानकारी मुत्यु हुनेहरुमा ९ वर्षिय रायन,
४० वर्षिय विनिला तामाङ, ३० वर्षिया अनिता निम्ला, ३९ वर्षिय शेर गुरुङ, ३८ वर्षिय युवराज क“डेल, ४० वर्षिय राम बाबु र एक जना नाम नखुलेकी २० वर्षिया महिला रहेको बताईन्छ । उक्त घटनामा घाइते १८ जना मध्ये ९ जनाको अवस्था गभंीर रहेको हङकका संचारमाध्यमहरुले जनाएका छन् । नेपालीको बर्थ डे पार्टि मनाई रहेको बेला उक्त आगलानी भएको बताइन्छ । आगलागीका क्रममा केही झयालबाट र भागेर ज्यान जोगाएका थिए । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















