टेक्सस– नेपालको पर्वत घर भएकी विपस्वी पौडेलले आफनो भाईलाई निधारमा सप्तरंगी टिका र गलामा मखमली माला लगाईदिइन । टेक्ससको युलेसमा परिवार संगै बस्दै आएकी उनले यसपटक पनि धुमधामले तिहार मनाईन ।
परिवार सबै यतै हुनेले त धुमधामलेल यसरी भाईटिका लगाए । तर दाजुभाई दिदिबहिनी नहुनेहरुले भन्े टिका लगाउन पाएनन । धेरैको निधार खाली रह्यो । यसपटक कोरोना महामारीका कारण कतिपय आफन्तजन समाजिक दुरी अपनाउनु पर्ने कारण भाइटिकामा सरिक हुन सकेनन ।

अमेरिकामा टिकाको दिन विदा नपरेकोले धेरै समय तालिका मिलाएर टिका लगाए । कतिले काममा विदा पनि लिए । नेपालीहरु बसोबास रहेका अमेरिकामा विभिन्न राज्यहरुमा भाइटिका लगाएर तस्विरहरु सामाजिक संजालमा पोखिए ।
नेपाली चलचित्रकी नायिका उषा पौडेलले दाजु मानेकी चलचित्र अभिनेता महेन्द्र बुढाथोकी संग तिहारको भाइटिका लगाइन । भाइटिकामा परदेशमा भए पनि उनले आफनोपनको अनुभव साटदै भाइटिकामा रमाइन ।
उनी मात्र हैनन अमेरिकामा रहेका दाजुभाई दिदिबहिनीहरुले यसरी नै भाइटिका लगाएर आफनो नातालाई झनै प्रगाढ बनाए । नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्लले पनि दिदीबहिनी संग तिहारको टिका लगाए । परिवारमा जमघट गरेर तिहारलाई परदेशमा भए पनि उल्लासमय बनाउने काम गरे ।

उता टेक्ससको फोटवर्थ बस्दै आएका सुदिप अधिकारीको भाइटिकामा अघिल्लो वर्ष जस्तै निधार खाली रह्यो । उनले निधार खाली भएको तिक्तता पोख्दै भने– ‘यसपाली पनि परदेशीको निधार सदा झै फुस्रो भयो ।’ ।
यहा“ वर्षो देखि स्वदेश फिर्न नपाएका र दिदिबहिनी र दाजुभाईसंग भेटन नपाएका नेपालीहरु धेरै छन् । । हरेक वर्षृ दशैतिहार आउ“दा उनीहरुको निधार खाली हुन्छ ।
फोटवर्थमा बस्दै आएका पत्रकार विमल बरालले भाइटिकाको न्यास्रो यसरी पोखे-

यता निधार खाली छ, दिदिबहिनी छुटे उता
सप्तरंगी टिका देख्दा मन हराउछ कता कता
दाजुभाई दिदीबहिनी एक भई खुशी बाडने
आउला कहिले दिन सबै संगै रमाउने
धेरैको परदेशको दशैतिहार यसरी नै खाली निधार र न्यास्रोमा वर्षेनी बितिरहेको छ ।
।’
सम्बन्धित खवर
-
अमेरिकामा बसोबास गर्दै साहित्य, ...
-
युलेस, टेक्सास -नेपाली समाज ...





















