अमेरिका–अमेरिकाले भारतसंग मिलेर आतंकवाद विरुद्धको लडाईमा साथ रहेको प्रतिवद्धता व्यक्त गरेको छ । साथै हमलामा दोषीलाई न्यायको दायरामा ल्याउन प्रतिवद्धता समेत व्यक्त गरेको छ । भारतको मुम्बईमा २६ नोभेम्बर २००८ मा आजैको दिन भीषण आतंकवादी हमला भएको थियो । अमेरिकाको कयौ ठाउमा पाकिस्तानको विरुछ कार्वाहीको माग गदै प्रदर्शन समेत भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका उप प्रवक्ता बाल ब्राउनले ले मुम्बई हमलाका दोषीलाई न्यायिक दायरामा ल्याउनु पर्ने बताएका छन् । अमेरिकाले दोषीलाई न्यायको दायरामा ल्याई अमेरिकाका ६ नागरिक सहित सबै पीडितको न्याय सुनिश्चता दिलाउन प्रतिवद्धता व्यक्त गरेको ब्राउनले बताएका छन् ।
पाकीस्तानी आतंकवादी संगठन लस्कर ए तैयबाका दस आतंकवादीले पुरै मुम्बईमा चार दिनसम्म १२ वटा आतकवादी हमला गरेको थियो । २६ नोभेम्बर २००८ मा भएको हमलामा ६ अमेरिकन तथा ९ जना आतंकवादी सहित १६६ जनाको ज्यान जानुका साथै ३ सय बढी घाइते भएका थिए ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















