अमेरिका– अमेरिकी संसदमा पारित राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर नगरेपछि रोजगारी गुमाएका लाखौ अमेरिकनहरु प्रभावित बनेका छन् ।
कोरोना राहत प्याकेजमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्न इन्कार गरेपछि बेरोजगारको चपेटमा परेका अमेरिकनहरुलाई समस्या हुने भएको हो । शनिवार राती सम्म समय सिमा पार भइसकेकाले रोजगार गुमाएका अमेरिकनहरुले आर्थिक सहायताबाट बञ्चित भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजमा हस्ताक्षर नगर्दा बेरोजगार भत्ता मात्र हैन अमेरिकी सरकार संचालनका लागी चाहिने आवश्यक खर्च पनि प्रभावित बनेको छ । राष्ट्रपति ट्रम्पले ९ सय बिलियन राहत प्याकेजमा हस्ताक्षर नगरेपछि अन्यौलता सृजना भएको हो । यो अवस्थामा आगमी मंगलबार राती १२ बजेर एक मिनेट जादा अमेरिकी संघीय सरकारको कामकाज बन्द हुने खतरा समेत बढेर गएको छ । खर्च बिधेयकमा म)गलबार सम्म हस्ताक्षर गरिसक्नु पर्नेछ । दुबै सदनले राहत प्याकेजका लागी सहमति जनाएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने राहत प्याकेजमा ६ सय अति न्युन भएको र त्यसलाई बढाएर २ हजार बनाउन र दम्पत्तिको हकमा ४ हजार बनाएर ल्याउन सुझाव दिएका थिए । ट्रम्पले गरेको एक ट्वीटमा उनले विधेयकमा विदेशीलाई अधिक धन दिने कुरा गरिएको र अमेरिकनलाई पर्याप्त धनको व्यवस्था नगरिएको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected