अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चौतर्फी दबाब पछि आईतबार राती राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।
अमेरिकी सरकार संचालनमा संकट हुने अवस्था आउने देखेपछि ट्रम्प आखिरमा ६ सय समेटिएको राहत चेकमा हस्ताक्षर गर्न पुगेका हुन ।
नवनिर्र्वाचित राष्ट्रपति जो बाइडेन लगायत अन्य विशेषज्ञहरुले राहत प्याकेजमा हस्ताक्षर गर्न राष्ट्रपति ट्रम्पलाई बारम्बार आग्रह गरेका थिए । अमेरिकाको दुबै सदनबाट पारित राहत प्याकेज र खर्च विधेयकमा ट्रम्पले यस अघि हस्ताक्षर गर्न मानेका थिएनन । उनले राहत प्याकेजको ६ सय डलर न्युन भएकोले त्यसलाई बढाएर २ हजार बनाएर ल्याउन भनेका थिए ।
तर उनले भने अनुसारको राहत रकम नभएपनि ट्रम्पले सबैतिरको दबाब पछि हस्ताक्षर गर्न पुगेका छन् । गत शनिवार भने उनले राहत प्याकेजमा हस्ताक्षर गर्न मानेका थिएनन । राहत प्याकेजमा हस्ताक्षर नहुदा डेमाक्रेट र रिब्लिकन पार्टिमा गतिरोध उत्पन्न भएको थियो । राहत प्याकेजमा हस्ताक्षर नभएको भए भोली मंगलबार राती १२ बजे एक मिनेटमा अमेरिकी संघीय सरकारको कामकाज बन्द हुने संभावना थियो ।
राष्ट्रपति ट्रम्पले अन्तिम अवस्थामा आएर राहत प्याकेजमा हस्ताक्षर गरेपछि कोरोनाभाइरसबाट समस्या झेलिरहेका अमेरिकी नागरिकहरुलाई केही राहत पुग्ने विश्वास गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected