राष्ट्रपति बाइडेनले भने–निवर्तमान राष्ट्रपति ट्रम्पलाई खुफिया जानकारी दिन नहुने
अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले गोप्य खुपिया जानकारी निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन नहुने बताएका छन् ।
तर अमेरिकामा कार्यकाल पुरा गरेका राष्ट्रपतिलाई यस्तो जानकारी दिने इतिहास रहदै आएको छ ।
राष्ट्रपति बाइडेनले सीबिएस न्युजलाई दिएको एक साक्षात्कार कार्यक्रममा भने– ‘मलाई यस्तो लाग्छ, उनलाई खुफिया जानकारी दिनु आवश्यकता छैन ।’
उनलाई यस्ता जानकारी दिदा चुहावट हुन सक्ने बताउदै उनी कुनै समय जे पनि बोल्न सक्ने बताए ।
बाइडेनले ट्रम्पको अस्थिर व्यवहारका कारण यस्ता जानकारीहरु दिन नहुन बताएका छन् ।
यही साता नै बाइट हाउसकी प्रेम सेक्रेटरी जेन पाकीले ट्रम्पलाई खुफिया जानकारी दिने विषयमा समिक्षा भइरहेको बताएकी थिइन ।
डेमोक्रेट पार्टिका सासद तथा तत्कालिन ट्रम्प प्रशासनका अधिकारीहरुले पनि उनलाई जानकारी दिने बारेमा सवाल उठाएका थिए ।
त्यसो त राष्ट्रपतिको दौरान पनि ट्रम्पलाई नियमित खुपिया जानकारीहरु दिने गरिदैन्थयो । उनलाई सातामा दुई देखि तीन पटक मात्र अधिकारीहरुले मौखिम रुपमा जानकारी दिने गरेका थिए ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















