टेक्ससको अस्टिनमा बन्दुक आक्रमणबाट निधन भएका रमेश थापाको आज अन्तेष्टि
Iटेक्सस– अमेरिकाको टेक्ससको अस्टिनमा आफनै अपार्टमेन्टको पार्किङ लटमा अश्वेत युवाको बन्दुक आक्रमणबाट ज्यान गुमाएका ३९ वर्षिय रमेश थापाको आज अन्तेष्टि गरिदैछ ।
अस्टिनको जोन्स फेम्लीको अन्तेष्टि गृहमा उनको अन्तिम दाहसंस्कार गर्न लागिएको ग्रेटर अस्टिन नेपाली कम्युनिटीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा १८ सराङकोट पदेली घर भई एघार बर्ष देखि टेक्ससको राजधानी अस्टिन बस्दै आएका थापाको राती कामबाट घर फर्कने क्रममा सवारी रोकेर कोठामा छिर्न लाग्दा आक्रमणकारीले हत्या गरेका थिए । उनको अन्तिम संस्कारका लागी नेपालमा रहेका श्रीमति र छोरालाई ल्याउने प्रकृया अघि बढेपनि भिसा नपाएर उनिहरु आउन नपाएपछि यतै रहेका भाई लक्षमणको उपस्थितिमा अन्तिम संस्कार सम्पन्न हुन लागेको हो । बिहीबार अपरान्ह ४ बजे दाहसंस्कार हुदैछ ।झण्डै एघार वर्ष अघि थापा मेक्सिसको हुदै अमेरिका आएका थिए । तीन वर्ष अघि मात्र भाइ लक्ष्मण पनि अमेरिका आएका थिए ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















