अमेरिका– अमेरिकाको न्युयोर्क स्थित हडसन नदीमा एक भारतीय गणितज्ञ को शब फेला परेको छ ।
आभासी मुद्रा केन्द्रमा कार्यरत ३१ वर्षिय शुव्रो विश्वासको शब नदीमा बग्दै गरेको अवस्थामा भेटिएको हो ।
न्युयोर्क पोष्टका अनुसार शुब्रो मानसिक समस्याबाट गुज्रिरहेको परिवारको हवला दिदै लेखेको छ ।
प्रहरीका अनुसार उनको मुत्युको पछाडी कुनै षडयन्त्र हो भन्ने बारेमा कुनै प्रमाण फेला नपरेको बताएको छ ।
मृतकका भाई बिप्रोजितले घटनाले आफु र आफनो परिवारलाई ज्यादै दुखी बनाएको बताएका छन् ।
मानसिक समस्याबाट पीडित रहेका मृतक शुब्रोलाई परिवारले त्यसबाट बाहिर ल्याउन धेरै प्रयास गरेपनि सफल नभएको परिवारजनले बताएका छन् । उनको एक वर्ष अघि देखि व्यवहारमा परिवर्तन आएको थियो । उनी एक्लै टोलाउने र फरक किसिमको व्यवहार गदै आएको परिवारजनले बताएका छन् ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















