टिका पौडेललाई जिताउन अर्लि भोटिङमा नेपालीको उत्साहजनक सहभागिता
टेक्सस– यतिबेला युलेशका टिका पौडेललाई जिताउन यता रहेका नेपालीहरु उत्साहजनक रुपमा अर्लि भोटिङमा सहभागी भइरहेका छन् ।
टेक्ससको युलेश सिटी काउन्सिलमाको प्लेश ६ का लागी टिका पौडेलले उम्मेदवारी दिएका हुन । त्यो स्थान सुरक्षीत राख्न पौडेललको सक्रियता बढदो छ । साथ र सहयोग पनि धेरैले उनलाई गरेका छन् ।

सखारै उठेर तुल ब्यानर बोकेर आफनो बुथमा बसेर टिका पौडेल अर्थात टिका दाइले भोट हाल्न आउनेलाई स्वागत सत्कार गरिरहेका भेटिन्छन् । काउब्वाइज हेटमा सजिएका टिका दाई हसिलो मुद्रामा आफनो पक्षमा भोट हाल्न आग्रह गरिरहेका हुन्छन् । गत अप्रिल १९ बाट सुरु भएकेा अर्लि भेाटिंग समयसिमा मे १९ रहेकेा छ । मतदान मे एक मे मा हुनेछ ।
‘अहिलेसम्मको अर्लि भोटिङमा मेरो पक्षमा राम्रो मत खसेको छ, निकै आशावादी देखिएका पौडेलले युएसनेपाल पोष्टसंग भने–‘ जित्ने आशा धेरै राखेको छु ।’
केही महिनादेखि पौडेल भोकतिर्खा तथा दिनरात केही नभई अभियानमा लागीरहेका छन् । उनलाई भोट गर्नेमा नेपाली समुदायका मात्र नभई एशियन मुलका अमेरिकन देखि स्थानिय रैथाने अमेरिकनहरुले पनि दिल खोलेर भोट हालिरहेका छन् ।
‘यो एउटा ऐतिहासिक क्षण हो’ हामी जसरी हुन्छ टिका पौडेललाई उक्त तहमा पुराउनुपर्छ’ नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले भने– जति सक्दो अर्लि भोटिङमा सबै सहभागी भएर टिका पौडेललाई जिताउ“ ।’
अमेरिकाका विभिन्न राज्यमा नेपाली समुदायका व्यक्तिहरु राजनितिमा आउने क्रम बढीरहेको छ । सिटी देखि राज्य सासद सम्म नेपालीहरुले आफनो पहुच बनाइसकेका छन् । यसै क्रममा पहिलो पटक टेक्ससबाट टिका पौडेलले इतिहास कोदैछन् । यदि उनले चुनाव जिते भने युलेस सिटी काउन्सिल प्लेश –६ मा पुग्ने टेक्ससमा पहिलो नेपाली हुनेछन् ।

टेक्सस ड्यालस फोटवर्थ क्षेत्रमा नेपाली समुदायमा टिका दाईको नामले लोकप्रिय पोडैलले नेपाली समाज टेक्ससमा आवद्ध रहेर पनि समुदायको हितमा लामो समयमा काम गरेका थिए ।
सहयोगी भावनाका पौडेलललाई युलेस सिटी काउन्सिलमा पुराउन सबैले सहयोग गर्नु पर्ने बेला आएको नेपाली समुदायका अगुवा बताउछन ।





















