अमेरिका– यतिबेला गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन प्रचारप्रसारले सामाजिक संजालका भित्ताहरु रंगीन छन् । टाइसुटमा सजिएका उम्मेदवारहरु आफनो प्रचारमा लागीरहेका देखिन्छन् । रंगीन फल्यार्सहरु पोष्टिएका पोष्टियै छन् ।
खास गरी एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरु चुनाव प्रचारका क्रममा अमेरिकाको एउटा राज्यबाट अर्को राज्यमा भेटभाटमा पुगीरहेका छन् । अध्यक्षका उम्मेदवारहरु आफनो चुनावी प्रचार अभियानका क्रममा राज्य डुल्दै गर्दा उनिहरुले प्रचारमा गरिएको फजुल खर्च देखेर सर्वसाधारणले टिकाटिप्पणी गरेका छन् । एक हिसाबले उम्मेदवारका लागी मतदाता भेटघाटको अवसर पनि होला । केवल उम्मेदवार मात्र नभई प्रचारमा समुह बनाएर हिडेको देखिन्छ । समुहको जहाज भाडा देखि राज्य पुगेर बस्ने खाने र कार्यक्रम गर्ने क्रममा उम्मेदवारहरुले भडकिलो खर्च गरिरहेका छन् । उम्मेदवारहरुका लागी चुनावमा भोट माग्ने तरिका ठिक होला । तर उनिहरुले गरेको लाखौ खर्च कुनै सामाजिक काममा लगाएको नेपालमा दुख पाएका समुदायले राहत पाउने थिए भनेर धेरैले टिप्पणी पनि गदै आएका छन् ।
एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्षका प्रत्यासीहरुले प्रचारका क्रममा राज्य डुलेर गरेको खर्चलाई धेरैले फजुल र भडकिलो खर्चको सज्ञा दिएका छन् ।

चुनावमा खर्च गर्ने नगर्ने त उहा“हरुको व्यक्तिगत कुरा हो, यसमा संस्थाले केही भन्न मिल्दैन गैरआवासिय नेपाली संघ (एनआरएनए ) अमेरिका अध्यक्ष सुनिल शाहले भने– त्यो उम्मेदवारहरु आफैले मुल्याङकन गर्ने कुरा न हो ।’
यतिबेला एनआरएनए अमेरिकाका अध्यक्ष पदका प्रत्यासी डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने, बुद्धी सुवेदी तथा तिलक केसी खरो रुपमा चुनावी प्रचाारमा लागेका छन् । यस्तै अन्य उम्मेदवाहरु प्नि समुह बनाएर डुलीरहेका छन् । यसरी राज्य डुल्दा खर्च पनि त्यतिकै भइरहेको छ ।
यी उम्मेदवारहरु राज्य दौडाहका क्रममा आफनो चुनावी प्रचारका लागी केही भडकिलो खर्च गरेको पनि देखिन्छ ।
‘राज्य राज्य डुलेर यस्तो चुनावी प्रचारका क्रममा अनावश्यक खर्च गर्नु ठिक हो जस्तो मलाई लाग्दैन’ नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले भने– निर्वाचनमा यसरी खर्च गरेर अघि बढनु भन्दा सामान्य ढंगले अभियानलाई अगाडी बढाउनु उपयुक्त हुन्थयो कि ?उनले एनआरएनएमा जसको पैसा छ उसैको शक्ति हुन थालेको बताउदै सामान्य काम गर्नेले पनि म अध्यक्ष हो भन्ने वातावरण एनआरएनएमा नरहेको दुखेसो पोखे ।
उनले भने झै एनआरएनएमा हुने खानेहरु मात्रै नेतृत्वमा पुग्ने गरेको जनगुनासो बारम्बार उठदै आएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पुर्व अध्यक्ष भोला आचार्यले पनि फेसबुकमा एउटा स्टाटस लेख्दै भने–‘एनआरएनए अमेरिकाका उम्मेदवारहरुको भडकिलो खर्च नेपालमा कोरोना पीडितको सहयोगमा लगाए कति मानवीय हुन्थ्यो होला ।’
भर्खर मात्र एनआरएनए अमेरिकाको अध्यक्षका प्रत्याशी कृष्ण लामिछानेले एक विज्ञप्ती जारी गरी नेपालमा फैलिएको कोराना महामारीलाई ध्यानमा राखेर सहयोगका लागी सबैसंग आव्हान गदै छलफलका लागी आग्रह गरेका छन् ।
अहिले एनआरएनएका उम्मेदवारहरु गुट र समुह बनाएर चुनावी प्रचारमा लागीरहेका छन् । समुहलाई बोकेर राज्य राज्य डुली रहेका छन् । एनआरएनएमा पनि काग्रेस क्याम्पका पनि गुट उपगुट बनाएका छन् । त्यस्तै वामपन्थीका पनि गु्रपहरु छन् । चुनाव प्रचारका नाममा उम्मेदवारहरुले लाखौ खर्च गरिरहेका छन् ।
एनआरएनए एउटा साधारण व्यक्तिका लागी हुदैन हैन’ प्राध्यापक प्रभात दिक्षितले भने– ‘यहा लाखौ डलर छैन भने साधारण मानिसले चुनावमा उठने हिम्मत गर्न सक्दैन ।’
उनले जोसंग पैसा र राजनिति समुहको पहुच बढी छ उसैले पनि एनआरएनएको नेतृत्वमा पुग्ने क्षमता राख्ने गरेको दुखेसो पोखे ।
उनका अनुसार अमेरिकामा लाखौ नेपालीहरु रहे पनि एनआरएनएको सदस्य संख्याले पनि यो कुराको पृष्टि गर्छ, एनआरएनए कसको भनेर ।
उनले अहिले एनआरएनए उम्मेदवारहरुले गरेको लाखौ खर्च नेपालको यो विषयम परिथितिमा केही सहयोग संकलन गरेको दिएको भ एथप कन्याण हुन थियो भन्ने धारणा व्यक्त गरे ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected