टेक्सस– अमेरिकाको शिकागोमा कोरोना भाइरस विरुद्धको पुर्ण भ्याक्सिन लगाएका एक व्यक्तिको ज्यान गएको छ ।
शिकागोका ७५ वर्षिय हेयरब्रस सेल्समेन नामक गरेका व्यक्तिको पुन कोरोना संक्रमण भएर ज्यान गएको हो । उनले गत जनवरीमा फाइजरको पहिलो डोज र फेब्रुअरीमा दोस्रो डोज लगाएको पारिवार स्रोतले बताएको छ ।
गत मार्चमा उनी साथीहरु संग रेष्टुरामा खान गएका थिए । त्यसको केही समय पछि उनलाई ज्वरो आएपछि उनलाई अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको थियो । उनलाई कोराना पोजेटिभ भएको पृष्ठि भएको थियो र पछि उपचारका क्रममा उनको निधन भएको थियो । परिवारजले कोरोना भाइरस यो घटनाले अरुलाई पनि सचेत हुने वातावरण सृजना होस भनेर घटनालाई बाहिर ल्याएको एनबिसी शिकागो न्युज डटकमले जनाएको छ ।
शिकागोको स्वास्थ्य विभागका एक स्वाथ्यकर्मिले यस्तो केही प्रतिनिधी घटना मात्र भएको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected