क्यानडा– क्यानडामा राजश्व एजेन्सीको नाममा एक ८० वर्षिया महिलाबाट रकम असुलेको आरोपमा तीन भारतीयलाई पक्राउ गरिएको छ ।
क्यानडाको बै्रमप्टनबाट १९ वर्षिय तरनवीर सिंह, १९ वर्षिय रणवीर सिंह तथा २१ वर्षिय चमनज्योति सिंहलाई पक्राउ गरिएको हो । उनिहरुलाई अवैध तवरले रकम असुली, अपराध तथा अवैध तवरले अकुत सम्पत्ति राखेको आरोप लगाइएको छ ।
तीनै जनाले राजश्व एजेन्सीको अधिकारी भएको दाबा गदै पीडित महिलालाई फोन गरेका थिए ।
पीडितलाई सुरुमा उनिहरुले १० हजार डलर बैक मार्फत पठाउन भनेका थिए । यसो नगरे ति महिलालाई आफुहरुले गिरफतार गर्ने धम्की तीन युवाले दिएका थिए । प्रहरीले पीडितको साथ लिएर जब रकम लिन एक युवा आएका थिए तब प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा यो घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीतबाट सबै रकम लिएर पीडित महिलालाई हस्तान्तरण गरेको थियो । तीन जना माथि अहिले अदातलमा मुद्धा चलीरहेको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...