अमेरिका– अमेरिका प्रवेशका लागी सहज माध्यम मानिएको डिभी लोटरीको नतिजा आज शनिवार खुल्दैछ ।
गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म भरिएको डिभीको नजिता आज सार्वजनिक हुन लागेको हो ।
नेपालको समय अनुसार शनिवार राती ९.४५ बजे डिभीको नतिजा हेर्न सकिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सले जानकारी दिएको हो । अमेरिकामा भने न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे देखि डिभीको नतिजा हेर्न सकिनेछ ।
अमेरिकाले हरेक वषृ ५० हजारलाई डिभी लोटरी मार्फ ग्रिनकार्ड उपलब्ध गराउदै आएको छ ।
२०२२ का डिभी विजेताहरुले आगामी अक्टोबर एक देखि अमेरिकाको भिसा पाउनेछन् । सेप्टेम्बर ३० सम्म डिभी भिसाको सबै प्रकृया पुरा गरिसक्नु पर्नेछ ।
ग्त २०२१ म ३ हजार ८०१ नेपालीलाई डिभी लोटरी परेको थियो ।

नतिजा तलकेा लिंकमा गएर हेर्नु हेाला

https://dvprogram.state.gov/

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected