अमेरिका– छिमेकी मुलुक भारतमा फैलिएको कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि फैलिन थालेको छ ।
नेपालमा दिनप्रतिदिन बढदै गएको महामारीलाई मध्यनजर राखेर अमेरिकाको मेरिल्याण्ड राज्यका राज्य सासद नेपाली मुलका ह्यारी भण्डारीले हस्ताक्षर अभियान थालेका छ्न । उनले नेपालमा कोरोना भ्याक्सिन उपलब्ध गराउन अमेरिकी ससदलाई आग्रह गदै हस्ताक्षर अभियान चलाएका हुन ।
कोरोना महामारीबाट बच्न रकम भन्दा पनि स्वास्थय सामग्री महत्वपुर्ण भएकाले भण्डारीले नेपाललाई भ्याक्सिन भेन्टिलेटर संगै अति आवश्यक स्वास्थय सामग्री सहयोगका लागी हस्ताक्षर अभियान सुरु गरेक छन् ।
चेन्ज डट ओआरजी मार्फत सुरु गरिएको हस्ताक्षर अभियानको छोटो अवधिमै २ हजार भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।
नेपालमा कोराना महामारीले विकराल रुप लिएपछि संकटबाट पार लगाउन स्वास्थय संग सम्बन्धी सामग्री सहयोगका लागी अमेरिकी सरकार संग आग्रह गदै यो अभियान थालिएको सासद हयारी भण्डारीले जानकारी दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected