रित्तो कोठामा

एक्लै बसिरहँदा

कतै आँपको शीतल छहारीमा

पल्टिएको

सम्झिरहन मन लाग्छ

 

कतै खोलाको तीरै तीर

अनि भीरै भीर

पाएको

चिसो हावाको स्पर्शको स्वाद

सम्झिरहन मन लाग्छ

 

कता कता

स्वप्न बगैंचा

रङ्गीबिरङ्गी फूलैफूलहरु

अनी उनको त्यो पहिलो प्रेमिल मुस्कान

सम्झिरहन मन लाग्छ

 

सम्झना!

तिमी पो रहिछौ

मेरो एकान्तकी प्रिय साथी

तिमीलाई सँधै

सम्झिरहन मन लाग्छ

 

बेडफोर्ड, टेक्सास

मे , २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected