अमेरिकाको बाल्टीमोरमा आगजनी संगै बन्दुक आक्रमणमा एक नेपालीको मुत्यु र एक घाइते

अमेरिका– अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टीको बुडल्यानमा नेपालीको घरमा आगजनी संगै बन्दुक आक्रमणमा परेर एक २६ वर्षिय नेपाली युवाको ज्यान गएको छ । घटनामा अर्का नेपाली युवा घाइते भएका छन् । मुत्यु तथा घाइते नेपालीको पहिचान अवस्था हेरेर सार्वजनिक गरिने मेरिल्यान्ड राज्यका राज्य सासद ह्यारी भण्डारीले जानकारी दिए ।
मृतक २६ वर्षिय युवा हालै मात्र क्यालिफोर्नियाबाट बसाई परेका आएका थिए । उनको नेपालको घर संखुवासभा भएको बुझीएको छ । घाइते अर्का नेपाली युवाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अन्यलाई पनि आक्रमण गर्न खोजे पनि केही नेपालीले भागेर ज्यान बचाएको प्रत्यक्षदर्शिलाई उद्धृत गदै भण्डारीले जानकारी दिए ।
उनका अनुसार शनिवार भएको उक्त घटनामा छिमेकी अन्दाजी ५१ वर्षिय अश्वेत व्यक्तिले गोली प्रहार गरि एक नेपाली सहित अर्केा एउटा घरमा आगजनी तथा बन्दुक हमला गरेकाथिए । मृतक र घाइते युवा नेपालीको घरमा बस्दै आएका थिए । घर जलेपछि सामान निकालेर गाडीमा राख्दै गर्दा उनिहरु माथि बन्दुक हमला भएको सासद भण्डारीले जानकारी दिए ।
घटनामा आगजनी गर्ने र गोली प्रहार गर्ने व्यक्ति संगै चार जनाको ज्यान गएको छ । आगजनीमा परेर नेपालीको घर सहित अन्य दुई घर जलेर खरानी भएको भण्डारीले बताए । घटनामा आक्रमणकारी प्रहरी कार्वाहीमा मारिएका थिए ।
तस्विर न्युयोर्क टाइम्स
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...