ड्यालस पोखरा लायन्स क्लबको ‘चार्टर नाइट’ समारोह सम्पन्न
टेक्सस– अमेरिकाको टेक्सस स्थित गारलेन्डमा शनिवार राती चार्टर नाइटको एक विशेष समारोह सम्पन्न भएको छ ।
ड्यालस पोखरा लायन्स क्लबको आयोजनामा रोमा पार्टि प्यालेशमा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो ।
अमेरिकाको टेक्ससमा सामाजिक गतिविधीमा सक्रियता बढाउन स्थापित ड्यालेन्स पोखरा लायन्स क्लबको यो मेघा इभेन्ट हो ।

ड्यालस पोखरा लायन्स क्लबका अध्यक्ष दिलिप सुवेदीले क्लबका गतिविधी तथा भविष्यमा गर्ने कार्यदिशाका बारेमा प्रष्ट पारेका थिए । ‘परदेशमा कामको व्यस्तता संगै लायन्स मार्फत सामाजिक गतिविधिमा क्रियाशिल हुन लायन्समा जोडिएका हौ’ सुवेदीले भने– ‘निरन्तर रुपमा सामाजिक अभियानलाई लायन्स क्लब मार्फत अगाडी बढाउने प्रतिवद्धता समेत जाहेर गर्दछु ।’

कार्यक्रममा प्रमुख अतिथी स्याम लिन्डसे, ड्यालस एभरेष्ट लायन्स क्लबका अध्यक्ष मिना क्षेत्री, गाइडिङ लायन्स थलराज पन्त,ड्यालस एभरेष्ट लायन्स क्लबका राधाकृष्ण काफ्ले, लायन सुरेश बस्याल, ड्यालस एभरेष्ट लायन्स क्लबका इलेक्ट अध्यक्ष केदार तिमिल्सना, युलेश सिटी काउन्सिल प्लेश ६ का उम्मेदवार टिका पौडेल ड्यालस पोखरा लायन्स क्लबका सल्लाहकार डा प्रेम अधिकारी लगायतले लायन्सको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रमको संचालन डयालस एभरेष्ट लायन्स क्ल्बका बिएन पन्त तथा पोखरा लायन्स क्लबका सचिव अर्जुन ज्ञवालीले संयुक्त रुपमा गरेका थिए । चार्टर नाइन्टको आयोजक कमिटीमा सुरेश बस्याल र शिव सुवेदी रहेका थिए ।

चार्टर नाइटको प्रशासनिक संयोजन डयालस पोखरा लायन्स क्लबका कोषाध्यक्ष नेत्र पौडेलले गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले पठाएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरेर सुनाइएको थियो ।
औपचारिक कार्यक्रम पश्चात सहभागीहरुलाई विविद्य मनोरन्जनात्मक कार्यक्रम पस्केर माहौल रंगाइएको थियो । कार्यक्रममा निहारिका पौडेल, रुद्र तथा यशोदा र सरोज सिग्देलको जोडीले नेपाली संस्कृति झल्कने आकर्षक नृत्य पस्केर मनोरन्जन प्रदान गरे ।

अन्य विभिन्न रमाइलो इभेन्टहरु पस्किएको थियो । अन्तमा डिजे नाइट संगै कार्यक्रम समापन भएको थियो ।





















