पत्रकार अधिकारी एनआरएनए अमेरिकाको बोर्ड सदस्य उमेदवार

टेक्सस-लामो समयदेखी पत्रकारितामा सक्रिय पत्रकार अनिल अधिकारीले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा उमेदवारी दिएका छन् । पत्रकारितासंगै सामाजिक सेवामा समेत कृयाशिल अधिकारी एनआरएनलाई आम मानिसको संस्था बनाउने दृढ उदेश्यका साथ एनआरएनए अमेरिकामा उमेदवारी दिएको घोषणा गरेका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत उमेदवारी घोषणा गरेका अधिकारी अमेरिकाबाट संचालित खसोखास डटकमका कार्यकारी सम्पादक हुन भने नेपालबाट संचालित इकागज डटकमका अमेरिका बिशेषप्रतिनिधि हुन् ।
नेपालमा रहँदा समेत लामो समय पत्रकारिता गरेका अधिकारी बिगत ७ बर्षदेखी अमेरिकामा छन् । सम्वाददाता हुँदै दैनिक पत्रिकाको सम्पादक समेत भैसकेका अधिकारीसंग रेडियो, टेलिभिजन, छापा तथा अनलाईन मिडियाहरुमा काम गरेको अनुभव छ ।
राजधानी दैनिक पोखरा सम्वाददाता, अन्नपूर्ण पोष्ट अमेरिका प्रतिनिधि, नेपाल वान टेलिभिजन पोखरा सम्वाददाता, अन्नपूर्ण एफएम डेक्स सम्पादक, पोखरा हटलाईन दैनिक सहसम्पादक, यूनाईटेड राष्ट्रिय दैनिक सम्पादक, हिमाली आवाज आर्थिक साप्ताहिक कार्यकारी सम्पादक लगायत दजनौं संचार माध्यममा काम गरेका अधिकारी नेपालमा सामाजिक काममा समेत उतिकै सक्रिय थिए ।
हाल बलेवा समाज अमेरिकाका अध्यक्ष समेत रहेका अधिकारी नेपालमा जनसंचार मञ्चका अध्यक्ष, नेपाल प्रेस यूनियनका पूर्व सभासद, पर्यटन पत्रकार मञ्च कास्की सचिव, आर्थिक पत्रकार मञ्च कास्की कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य समेत भएर काम गरिसकेका छन् ।
नेपालको बाग्लुङ जिल्लामा जन्मिएका अधिकारी पोखरालाई कर्मथलो बनाएर पत्रकारितामा थिए । सडक बालबालिकाको सहयोगार्थ उनले पोखराबाट बिशेष अभियाननै संचालन गरेका थिए । अधिकारीले सडक बालबालिकाका लागि निशुल्क कपडा बितरण तथा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका थिए ।
एनआरएनए अमेरिकाको अभियानमा लामो समयदेखी सहकार्य गर्दै आएका अधिकारीले संस्थालाई सकारात्मक सुझाव दिँदै आएका छन् । अधिकारीले न्यूयोर्क क्षेत्रमा रहँदा बिभिन्न अभियानहरुमा काम गरेको अनुभव समेत संगालेका छन् । यस्तै उनि एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरको मिडिया संयोजक समेत थिए ।
एनआरएनमा तपाईको उमेदवारी के कालागि ? भन्ने प्रश्नमा अधिकारीले भने, यस संस्थालाई आम सर्वसाधारणको पहुँच पुग्ने संस्था बनाउनका लागि म सक्दो पहल गर्छु, कोशिस गर्छु । अधिकारीले भने, आम मानिसमा एनआरएन चुनावका बेलामा मात्रै सक्रिय हुन्छ भन्ने नकारात्मक टिप्पणी छ, त्यसलाई चिरेर सबैमा होईन यो संस्था हाम्रो संस्था हो भन्ने सोँचको बिकास गर्न काम गर्छु । म हिजो पनि सक्रिय थिएँ, आज पनि छु र भोली पनि सक्रिय हुनेछु, अधिकारीले भने मातृभूमी नेपाल र कर्मभूमी अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने संस्था बनाउन म आफ्नो ढंगले पहल गर्छु ।