दुखी असहायकी सहारा सरिता गुरुङ एनआरएनए कोलोराडाको महिला संयोजककी उम्मेदवार
कोलोराडो– सरिता गुरुङ पोखरेली चेली हुन । गुरुङ समुदायकी यी चेली सामाजिक क्षेत्रमा पनि परिचित नाम हो ।
दुखी असहायकी सहयोगी हुन सरिता । उनले नेपालमा मृगौला पीडित देखि विभिन्न समस्यामा परेका दिनदुखीको सहयोगका लागी आफनो तर्फबाट अभियान चलाइरहेकी छिन् ।
केही वर्ष देखि अमेरिकाका कोलोराडोमा बस्दै आएकी उनी नेपालमा रहदा निरन्तरता रुपमा दिनदुखीहरुको सहयोगी बनेर सामाजिक काममा अग्रसर थिइन । उनले उक्त कामलाई प्रवासमा आएर पनि निरन्तरता दिइरहेकी छिन् । सन् २०११ देखि उनी सामाजिक अभियान्तको रुपमा क्रियाशिल गुरुङ यतिबेला गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको कोलोराडो च्याप्टरको महिला संयोजकको रुपमा उम्मेदवारी दिएकी छिन् । तीन वर्षदेखि अमेरिकाको कोलोराडोलाई आफनो कर्मस्थल बनाउदै उनले स्वदेशका दिनदुखीहरुको घाउमा मल्हम लगाउने काममा सक्रिय रहदै आएकी छिन् । त्यसै गरी उनी अमेरिकामा रहेर पनि नेपाली समुदायका लागी पनि धेरै थोरै योगदान दिन अग्रसर रहदै आएकी छिन् ।
यस पटक उनी प्रवासी नेपालीको हक हितका लागी आवाज उठाउन एनआरएनएको अभियानमा उभिएकी छिन् । एनआरएनएको नेतृत्व तहमा पुगेर उनी प्रवासी नेपालीको पक्षमा काम गर्न चाहन्छिन् । यसैको फलस्वरुप उनले कोलोराडो च्याप्टरको महिला संयोजकमा आफनो उम्मेदवारी दिएकी हुन ।
एक पटकको नेपाली सधैको नेपाली ,हाम्रो प्रतिवद्धता गतिशिल तथा सशक्त संस्थागत , समावेशी नारासति उनी चुनावमा होमिएकी हुन ।
एनआरएनएमा जोडिएर नेपाली समाजका लागी गदै आएको योगदानलाई अझै बढाउन चाहन्छु सरिताले भनिन– ‘देश र समाजका लागी केही योगदान दिन सक्छु कि भनेर उम्मेदवारी दिएकी छु ।’
कास्कीको पर्यटकीय क्षेत्र लुम्ले थातथलोमा हुर्किएकी गुरुसेनी चेलीले स्वदेश देखि परदेश आएर पनि आफनो मानवीय सेवालाई निरन्तरता दिइरहेकी छिन् । सामाजिक संजालबाट सहयोग सक्ंलन गरेर उनले दिनदुखीहरुको घरमा पुराइरहेकी छिन् ।