अमेरिका– अमेरिकाको अन्तराष्ट्रिय विमानस्थलमा एक भारतीय यात्रुको सामानमा गोबर बरामद भएको छ ।
यसरी फेला परेको गाइको गोबर भएको बताइएको छ ।
अमेरिकाको सिमा सुरक्षा अधिकारीले बासिङटन डिसीको अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट फर्किएका यात्रुको सामानबाट गोबर बरामद गरेका हुन । भारतीय यात्रुले झोलामा हालेर गोबर ल्याएका थिए । गोबर ल्याएको झोला उनले विमानस्थलमै भुलेर छाडेर गएका थिए ।
अमेरिकी कानुन अधिकारीका अनुसार अमेरिकामा गोबर ल्याउन प्रतिबन्ध छ । गोबरमा अत्याधिक संक्रमक रोग हुन सक्ने मान्यता छ । यसरी विमानस्थलमा फेला परेको गोबर सिमा सुरक्षा अधिकारीले नष्ट गरिदिएका छन् । अमेरिकी सिमा सुरक्षा विभागले सोमबार एक विज्ञप्ती जारी गरी यस बारेमा जानकारी दिएको हो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...