अमेरिका– मर्दस डे अर्थात माता शौली । आमालाई सम्झेर सम्मान प्रकट गर्ने विशेष दिन मानिन्छ ।
तर अमेरिकामा यही मर्दस डेकै दिन एक भारतीय मुलका अमेरिकनले आफनै आमाको बर्बरता पुर्ण तवरले हत्या गरेका छन् ।
अमेरिकाको न्युयोर्कको जमैका क्विन्समा २८ वर्षिय पुष्कर शर्माले आफनै घरमा ६५ वर्षिया आमा घाटी थिचेर मुक्का प्रहार गरी हत्या गरेका हुन । न्युयोर्क पोष्टको समाचार अनुसार आमाले प्रतिकार गर्दा समेत उनले लगत्तार हमला गरेका थिए । हमलामा अचेत भएकी आमाको ज्यान नजादा सम्म उसले घाटी थिचिरहेको थियो ।
छोरीले घरमै मृत अवस्थामा आमालाई फेला पारेकी थिइन । उनलाई अस्पताल लगेपछि मृत घोषित गरिएको थियो । घटनापछि पुष्कर शर्मा आफै प्रहरी समक्ष गएर आफनो अपराध कबुल गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected