अमेरिका– अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जोनसन एण्ड जोनसनको कोरोना विरुद्ध भ्याक्सिन लगाएका २८ जनामा फेरि रगत जम्ने समस्या देखिएको पृष्ठि गरेको छ ।
कोरोना विरुद्धको यो भ्याक्सिन लगाएका २८ जनामा यस्तो समस्या देखिएको पृष्ठि गरेको हो । यिनिहरु मध्ये ६ जना पुरुष रहेका छन् र बाकी महिला छन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अघिल्लो महिना मात्र १५ जना महिलामा यस्तो समस्या देखिएको थियो । रिपोर्टमा यस्तो समस्या सामान्य भएको बताइएको थियो । ३० देखि ४९ वर्ष बीचका मानिसहरुमा यस्तो समस्याको जोखिम धेरै रहेको बताइएको छ ।
सिडीसीका भ्याक्सिन वितरण सुरक्षा कार्यालयक निर्देशक टम शिमबुकुरोले पुरुषको तुलनामा महिलामा यस्तो बढी खतरा पाइएके बताए । रिपोर्ट अनुसार पीडितहरुका् मतिष्कमा रक्तको थोपा जम्ने समस्या देखिएको हो । अघिल्लो महिना यस्तो समस्या आएपछि जोनसन एण्ड जोनसनको भ्याक्सिन प्रयोगमा रोक लगाईएको थियो । फेरि दस दिनपछि रोक हटाइएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected