विश्वमा बढदैछ कोरोनाको नया संक्रमण, २४ घन्टामा १३ हजार बढीको ज्यान गयो

अमेरिका– विश्वमा कोरोना महामारीको कहर थामिन सकेको छैन । विश्वमा पछिल्लो २४ घन्टामा साढे सात लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो दौरान १३ हजार ७ सय ५० जनाको ज्यान गएको छ । भारत तथा ब्राजिलमा कोरोना महामारीको दोस्रो लहर व्यापक देखिएको छ । यो सगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या बढदो क्रममा रहेको छ ।
जोन्स हपिकन्स विश्वविद्यालयको तथ्याङक अनुसार शुक्रबार बिहान सम्म विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ८ लाख २५ हजार भन्दा बढी पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ लाख ४० हजार भन्दा माथि पुगेको छ ।
ब्राजिलमा २४ घन्टामा ७५ हजार भन्दा बढी नया कोरोना संक्रमीत र २ हजार ३ सयको ज्यान गएको छ ।
नेपालमा पनि कोरोनाको कहर बढीरहेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...