अमेरिका– गुगलले एचवान बि भिसाधारीहरुका पति वा पत्नीलाई अमेरिकामा काम गनृ अनुमति दिलाउने काममा नेतृत्व गरेको छ ।
अमेरिकी सफटवेयर कम्पनीको अगुवाई गदै गुगले एचवान बी भिसा भएका विदेशी कर्मचारीका पति वा पत्नीलाई अमेरिकामा काम गर्न छुट होस भनेर प्रयास थालेको हो ।
गुगलले एप्पल , अमाजन, ट्वीटर , माइक्रोसफ्ट सहित अमेरिकाका ३० वटा माइक्रोसफ्ट कम्पनीसंग मिलेर एउटा कानुनी सुचना जारी गदै एच फर इएडी भिसाधारीलाई समेत अमेरिकामा काम गर्ने छुट हुनुपर्ने माग गरेको छ ।
शुक्रबार गुगलले एक कानुनी मुद्धा समेत दायर गरेको छ ।
गुगलका सिइओ तथा भारतीय मुलका अमेरिकी सुन्दर पिचाईले ट्वीट गदै यसबारेमा जानकारी दिएका हुन । स्मरणरहोस एचअवान बि भिसा मार्फत अमेरिकामा आइटी पेशामा अधिकाशं भारतीय नागरिक छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected