ओ पितृसत्ता !

तैंले उसलाई

हजारौं साल देखि सत्ता त दिलाइस

तर

थाहै पाइनस

उसलाई तैंले कस्तो बनाइस

 

दम्भी, अहंकारी

लोभी–लालची, पर–पीडक

शोषक के के बनाइस

त्यसैलाई पुरुषार्थ संग गाँसिदिइस

 

ओ पितृसत्ता !

अर्थ बिगारिदिइस

साहस र पुरुषार्थको

अस्तित्व संकटमा पारिस

दया–माया, मानवता, करुणा र विवेकको

 

तर अव

जुगले कोल्टे फेर्दैछ

चेतनाले फड्को मार्दैछ

मानवता, समता, समानताको आवाज गुन्जदैछ

 

ओ पितृसत्ताका पिछलग्गुहरु!

पितृसत्ता ढल्दैछ अव

तेरो तानाशाही, साँढे डुक्राई चल्दैन अव

त्यसलाई पुरुषार्थ मानिँदैन अव

तेरो छद्म रुप देखिदैछ अव

 

परिवर्तन गर आफुलाई

ए पितृसत्ताका पछौटेहरु !

ए छद्म तानाशाहहरु !

हामीलाई एउटा

सुन्दर घर–परिवार

सभ्य समाज, देश चाहिएको छ

एउटा सुन्दर धरती चाहिएको छ

 

–

बेडफोर्ड, टेक्सास

मे १४, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected