पितृसत्ता !

तैंले उसलाई

हजारौं साल देखि सत्ता दिलाइस

तर

थाहै पाइनस

उसलाई तैंले कस्तो बनाइस

 

दम्भी, अहंकारी

लोभीलालची, परपीडक

शोषक के के बनाइस

त्यसैलाई पुरुषार्थ संग गाँसिदिइस

 

पितृसत्ता !

अर्थ बिगारिदिइस

साहस पुरुषार्थको

अस्तित्व संकटमा पारिस

दयामाया, मानवता, करुणा विवेकको

 

तर अव

जुगले कोल्टे फेर्दैछ

चेतनाले फड्को मार्दैछ

मानवता, समता, समानताको आवाज गुन्जदैछ

 

पितृसत्ताका पिछलग्गुहरु!

पितृसत्ता ढल्दैछ अव

तेरो तानाशाही, साँढे डुक्राई चल्दैन अव

त्यसलाई पुरुषार्थ मानिँदैन अव

तेरो छद्म रुप देखिदैछ अव

 

परिवर्तन गर आफुलाई

पितृसत्ताका पछौटेहरु !

छद्म तानाशाहहरु !

हामीलाई एउटा

सुन्दर घरपरिवार

सभ्य समाज, देश चाहिएको

एउटा सुन्दर धरती चाहिएको

 

बेडफोर्ड, टेक्सास

मे १४, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected