अमेरिकामा कोराना महामारीको नाममा व्यक्तिपिच्छे चन्दा आतंक

टेक्सस– अमेरिकामा यतिबेला नेपालमा फैलिएको कोरोना महामारीको नाममा चन्दा आतंक बढेको छ ।
व्यक्तिपिच्छे आफुले जस लिन नेपालमा फैलिएको कोराना महारीको नाममा यस्तो आतंक बढेको हो ।
अमेरिकामा संस्थागत रुपमा भन्दा व्यक्तिपिच्छे गोफन्ड खोलेर नेपालमा कोरोना महामारीको अतिआवश्यक सामग्री सहयोगका लागी भन्दै चन्दा उठाउने क्रम बढेको छ ।
अमेरिकामा सिंगो समाजको प्रतिनिधित्व गर्ने नेपाली समाज र एनआरएनएले मिलेर सयुक्त रुपमा गोफन्ड खोलेर सहयोग गर्ने बाटो हुदा हुदै तिनै संस्थामा लागेका जिम्मेवार व्यक्तिहरुनै आफुले जस लिन गोफन्ड आतंक मच्चाइरहेका छन् ।
गोफन्ड अकाउन्ट खोलेर सामाजिक संजालमा शेयर गदै सामाजिक अभियान्ता बन्न खोजीरहेका छन् ।
को भन्दा को कम भन्दै चन्दा संकलनमा व्यक्तिहरु लागेका छन् । यसरी उठेको चन्दाको पारदर्शितामा समेत प्रश्न चिन्ह उठेको छ ।
अहिले सामाजिक संजालमा व्यक्तिपिच्छे नेपालमा कोरोना महामारीको नाममा गोफन्ड खोलेर चन्दा संकलनको होडबाजी नै देखियो’ नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्लले भने– ‘यसरी व्यक्तिपिच्छे चन्दा उठाउनु भन्दा संस्थागत रुपमा कुनै एउटा संस्थाले जिम्मेवार लिने गरी अभियान चलाएको भए राम्रो हुन्थयो ।’
अमेरिकामा नेपालमा फैलिएको कोभिड–१९ का नाममा गोफन्ड खोलेर जिम्मेवारी व्यक्तिहरु नै अघि सरेर जस लिने प्रतिस्पर्धा बढेको छ । अमेरिकामा एनआरएनए संग सम्बन्धीत व्यक्तिहरु समेत व्यक्तिपिच्छे चन्दा संकलनमा लागेका छन् । कसले बढी चन्दा उठाउने भनेर व्यक्तिपिच्छे चर्को प्रतिस्प्र्धा सामाजिक संजालमा देखिन्छ । एनआरएएनले का सचिव जस्तो पदमा रहेका गौरीराज जोशी स्वयले त्यस्ता व्यक्तिका गोफन्ड फेसबुकमा शेयर गरेर प्रश्रय दिइरहेका छन् । ठोस निति बनाएर चन्दा संकलन गर्नुपर्नेमा व्यक्तिपिच्छे चन्दा संकलन गर्न दिएर उल्टै चन्दा आतककलाई बढावा दिने काम गैरआवासिय नेपाली संघले गरेको छ । अमेरिकामा व्यक्तिपिच्छे बढदै गएको चन्दा आतंकले सर्वसाधारण आर्जित भएका छन् । व्यक्तिपिच्छे सामाजिक संजालमा सामाजिक बन्न चन्दा सकलनका लागी गोफन्ड खोलेर लाग्नेहरु देखेर धेरैले नकारात्मक टिप्पणी गरेका छन् ।
अमेरिकामा बेलाबेलामा गोफन्ड खोलेर गरिने चन्दा संकलनको अहिलेसम्म पारदर्शिता देखिएको छैन ।
उठेको चन्दा कहा कसरी खर्च भयो त्यसको स्पष्ट जवाफ पनि फेसबुकमा चन्दा संकलनको आतंक मच्चाउनेहरुले दिनसकेका छैनन । व्यक्तिपिच्छे नेपालमा फैलिएको कोरोना महामारीको नाममा खोलिएका गोफन्ड र चन्दा आतंकले अमेरिकामा रहेर सर्वसाधारण आर्जित भएका छन् । ‘सामाजिक सहयोगका लागी चन्दा संकलन अनुपयुक्त हैन तर व्यक्ति आफु सामाजिक अभियान्त हुने नामममा चन्दा आतंक सृजना गर्ने काम व्यापक भएको छ’ अमेरिका निवासी सवनम पौडेलले भनिन– व्यक्तिपिच्छे खोलिने गोफन्ड र चन्दा आतंकले विकृतिनै निम्त्याएको छ ।’
अमेरिकामा नेपालमा भुकम्प जादा समेत भुकम्प पीडितको नाममा चन्दा आतंकले उत्पात मच्चाएको थियो । व्यक्ति पिच्छे चन्दा उठाइएको थियो । यसरी उठाइएको चन्दाको कुनै हिसाबकिताब थिएन । चन्दा संकलन गरेर त्यतिबेला धेरै दुरुपयोग भएको खबर मिडियाहरुमा आएको थियो । त्यही भुकम्प जादाकै शैली अपनाएर अहिले अमेरिकामा कोरोनाको नाममा व्यापक रुपमा समाजिक संजालमा चन्दा आतंक छाइरहेको छ ।