अमेरिकाको भर्जिनियाको हर्डन सहरका सडक शनिवार नेपालमय बन्यो । सडकमा नेपाली विभिन्न सांस्कृतिक झाकी सहितको ¥यालीले विदेशीहरुको ध्यान खिच्यो ।
परेडमा बालबालिका देखि बृद्धबृद्धासम्मका नेपालीहरु सहभागी भएर आफनो भेषभुषा र संस्कृतिलाई उजगार गरे । नेपालीहरुको परेड सहितको झाकीले सडक गुन्जयमान बन्यो । नेपाली पहिचानलाई विदेशी माझ चिनाउन वर्षेनी हुदै आएको यो परेडमा नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो ।


परेडमा विशेषगरी लाखे नाच सबैको आकर्षण बन्यो । बाजागाजा सहितको लाखे नाच्न हेर्न विदेशीहरुको भीड लाग्यो । त्यसो त लाखे नाचलाई हर्डनका जनप्रतिनिधी र स्थानिय समुदायले विशेष प्रशंसा गरेको परेड आयोजना समितिका संयोजक गुणराज लुईटेलले जानकारी दिए।
यसरी प्रस्तुत गरिएको झाकी सहितको नेपाली परेडले नेपालपनलाई जस्ताको त्यस्तै सडकमा प्रदर्शन गरिएको थियो ।


बिगत तीन वर्ष देखि स्थानिय परेडमा व्यापक रुपमा सहभागिता जनाएर नेपाली संस्कृतिलाई चिनाउदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected