टेक्सस– सोफिन थापा टेक्ससमा बसोबास गर्छन । उनी नेपालमा रहदा संचाारकर्मिको रुपमा कार्यरत थिए । टेक्ससमा भने उनी अहिले युवा व्यवसायीको रुपमा चिनिएका छन् । त्यसै गरी टेक्ससमा बसेर सामाजिक काममा पनि उनको अग्रसरता रहेको छ । नेपालबाटठ राजनितिक व्यक्ति देखि अन्य विशिष्ट व्यक्तिहरु आउदा समेत उनले यहा विभिन्न कार्यक्रमहरुको चाजोपाजो समेत मिलाउदै आएका छन् । टेक्ससमा सामाजिक काम देखि नेपालीहरुको विभिन्न गतिविधिहरुमा उनको उपस्थिति बाक्लो हुने गरेको छ । अहिले सोफिन थापाको चर्चा छ टेक्सस क्षेत्रमा बढेको छ । किन कि नजिकि आउदै गरेको गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको निर्वाचनमा टेक्सस च्याप्टरको अध्यक्षमा उम्मेदवार दिएका छन् । एनआरएनए टेक्सस च्याप्टरको सचिव रहेका उनले भावी अध्यक्षका लागी उम्मेदवार दिएका हुन ।
‘एनआरएनए टेक्सस च्याप्टरमा सचिवको रुपमा रहेर काम गरेको अनुभवका आधारमा भावी अध्यक्षका लागी उम्मेदवारी दिएको छु’ थापाले भने–‘अहिले गरिरहेको कामको मुल्याङकन गरेर सबैले मेरो पक्षमा मतदान गर्नुहुनेछ भन्ने पुर्ण विश्वास छ ।’
उनका अनुसार रोल क्रमले पनि अध्यक्ष हुने पालो आएकोले थप काम गर्नका लागी सबैको समर्थन मलाई रहने छ ।’
अहिले उनको प्रतिस्पर्धीको रुपमा सन्देश उप्रेति उर्तिएका छन् । विगतमा पनि सचिवमा दुवैको टक्कर थियो । यसपटक पनि अध्यक्षमा दुवै आमन्ने सामान्ने भएका छन् । अघिल्लो पटकको सचिव पदमा सोफिनले आफना प्रतिस्पर्धी सन्देश उप्रेतिलाई पराजीत गरेका थिए ।

सोफिनले एनआरएनए टेक्सस च्याप्टरको सचिव रहदा अमेरिकामा फैलिएको कोरोना महामारीको समयमा आपत्तमा परेका नेपाली विद्यार्थी देखि नेपाली समुदायलाई सहयोगीको भुमिका निर्वाह गरेका थिए । त्यसै गरी अन्य आपत्तमा परेका नेपालीहरुलाई सहयोग गर्न उनी सदैव तम्त्यार हुने गरेका छन् । एनआरएनएका केही अगुवाहरुले समेत थापालाई एनआरएनएमा काम गर्न सक्ने एउटा जुझारु युवाको रुपमा लिने गरेका छन् ।
अनुभवी नेतृत्व आजको आवश्यकता, साझा आवाज बोल्ने च्याप्टर निर्माणका लागी उनले एनआरएनए टेक्सस च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिएका हुन । एनआरएनएमा युवाको सहभागिता बढाउन उनी टेक्सस च्याप्टरको अध्यक्ष पद समालेर एनआरएनएमा अभियान चलाउन चाहिरहेका छन् । उनले एनआरएनएलाई चुस्त र दुरुस्त बनाउन युवाको नेतृत्व तहमा पुग्नु जरुरी छ उनले भने– ‘यही भएर पनि म मैदानमा उर्तिएको हु ।’
ज्ञान सिप र क्षमताले भ्याएसम्म उनले आफुले भ्याए सम्म सामाजिक काममा आफु निरन्तर लागीरहेन प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । नेपाली समुदायको अधिक बसोबास रहेको एनआरएनए टेक्सस च्याप्टर सबैको चासोको राज्यमा पर्छ । विगतमा पदमा रहदा होस या नरहदा आफुले गरेको कामको मुल्याङकन गरेर थप काम गर्न मौका सबैले दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु’ अध्यक्षका उम्मेदवारी सोफिन थापाले कुराकानीको अन्तमा युएसनेपाल पोष्टसंग भने ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected