अमेरिकी राष्ट्रपति जो बाइडेन भन्दा उपराष्ट्रपति कमला ह्यारिसको कमाई बढी
अमेरिका – अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उनकी पत्नी जिल र उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डगलसले २०२० को ट्याक्स रिटन गरेका छन् ।
बाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले २०२० मा झण्डै ६ लाख ७ हजार डलर कमाएका छन् । २०१९ मा यी दम्पत्तिको आम्दानी ९ लाख ८५ हजार डलर रहेको थियो । २०१९ को तुलनामा यो वर्ष उनिहरुको आम्दानी घटेको छ ।
उपराष्ट्रपति कमला हयारिस र उनका पति डगलसको २०२० को आम्दानी झण्डै १७ लाख डलर रहेको छ । यी दम्पत्तिले सरकारलाई ६ लाख २१ ह्जार डलर ट्याक्स फिर्ता गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र पत्नी जिलको कमाई भन्दा धेरै कमला हयारिसले इन्कम ट्याक्स दिएकी छिन् । कमलाले क्यालिफोर्नियबाट सवा लाख डलर ट्याक्स दिएकी छिन् भने पति डगलसले कोलम्बियाबाट ५६ हजार डलरको ट्याक्स दिएका छन् ,। २०२० मा कमला हयारिस दम्पत्तिले २७ हजार डलर दान दिएका छ्न ।
राष्ट्रपति बाइडेन दम्पत्तिले २०२० मा ३० हजार डलर दान दिएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिले वाइटहाउसबाट आफनो वित्तिय जानकारी सार्वजनिक गरेका हुन ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















