अमेरिका– अमेरिकामा गरिएको एक नया सर्वेक्षणमा जब सम्म सबै बालबालिकालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइदैन, तब सम्म अमेरिकामा कोरोना समाप्त नहुने बताइएको छ ।
न्युयोर्क टाइम्सले गरेको एक सर्वेक्षणमा विशेषज्ञहरुको हवाला दिदै
अमेरिकामा कोरोना महामारीको अन्त्य तब हुनेछ जब सबै उमेरका ७० प्रतिशत अमेरिकनलाई कोरोना भ्याक्सिन दिइनेछ । अमेरिकामा यसै साता देखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना भ्याक्सिन दिन थालिएको छ । तर १२ वर्ष भन्दा मुनिका बालबालिकालाई अहिले सम्म कोरानो भ्याक्सिन लगाउने अनुमति दिइएको छैन ।
जोन्स हपकिन्स विश्वविद्यालय महामारी विज्ञानका अध्यक्ष डेविड सेलेन्टानोले बालबालिका नै अब कोरोना महामारी अन्त्यको महत्वपुणै हिस्सा हुनेछन् । उनले सबै बालबालिकालाई कोराना भ्याक्सिन लगाएपछि अमेरिकामा कोरानो संक्रणण अन्त्य हुनमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected