अमेरिका– अमेरिकामा एशियन अमेरिकन घृणाबाट प्रेरित आक्रमण जस्ता अपराधसंग लडनका लागी अमेरिकी संसदमा एउटा विधेयक पारित भएको छ ।
यो विधेयक हस्ताक्षरका लागी राष्ट्रपति जो बाइडेन समक्ष पठाइएको छ । कोरोनाभाइरसका दौरान अमेरिकामा एशियन मुलका व्यक्तिमाथि गरिएको कुर अपराध बढीरहेको थियो । विधेयकमा ६२ का विरुद्ध ३६४ मतबाट सदनमा पारित भएको थियो ।
राष्ट्रपति बाइडेनले आफुले यसमा हस्ताक्षर गर्ने समेत जानकारी दिइसकेका छन् । सदनमा विधेयक पारित गर्न महत्वपुर्ण भुमिका खेल्ने ग्रेस मेन्गले भने–एशियन अमेरिकनहरुकेा सहयोगका लागी आव्हान गरिएका थियौ, सदन सिेनट तथा राष्ट्रपतिले हाम्रो गुहार सुनिसकेका छन् ।
हरेक दिन अखबारमा एशियन अमेरिकन माथि हमला भइरहेको समाचार अति नै दुख्द घटना भएका भन्दै सासदहरुले दुख व्यक्त गरेका थिए । यो विधेयक पारित संगै अब नस्ली घृणा तथा अपराधको जा“चमा तिव्रता आउनेछ । स्थानिय सरकारले पनि कुनै पुर्वाग्रह नराखी घटनाको जा“च पहिचान र मुद्धा दर्ता गर्नेछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected