बिहान उदाएको सूर्य

अव डुब्न लागेको

उज्यालो बिस्तारै खुम्चिंदैछ

पर क्षितिजबाट चरा फर्किंदैछ

 

भर्खरै बिहान भएको थियो

तर अहिले

साँझ पर्दैछ

सँधैको लागि आज फेरि

मेरो जिन्दगीको

एक अर्को दिनको अवसान हुँदैछ

 

झ्याउँ झ्याउँ झ्याउँकिरीको आवाज

मलाई केहि भन्न खोज्दैछ

तेरो एक दिन फेरि घट्यो

शायद यहि भन्दैछ

 

कति दिनको लागि आएको हो यहाँ

त्यो पनि थाहा छैन

बाँकी कति दिन

को संग

त्यो पनि थाहा छैन

 

बिहान उदाएको सूर्य

अव डुब्न लागेको

मेरो जिन्दगीको

एक अर्को दिनको अवसान हुँदैछ

 

बैकुण्ठराज आचार्य

मे , २०२

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected