‘एनआरएनए अमेरिकालाई गर्व गर्ने संस्था बनाउछु’ –डा बन्जाडे

‘
टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदका उम्मेदवार डा अर्जुन बन्जाडे आफु नेतृत्व तहमा पुगे एनआरएनएलाई गर्व गर्ने सबैकेा संस्था बनाउने बताएका छन् ।
डा अर्जुन बन्जाडे जिताऊ अभियानद्धारा शनिवार साझ टेक्ससमा आयोजीत अन्तक्रिया कार्यक्रममा बन्जाडेले एनआरएनए अमेरिकालाई नया पथमा लैजान सबैले मतदान गरेर सहयोग गरिदिन आव्हान गरे ।
मैले कसैको कुभलो गरेको छैन र गर्ने पनि छैन बन्जाडेले भने– एनआरएनए अमेरिकालाई पुर्वाग्रह रहित संस्थाको रुपमा विकास गरि गैरआवासियन नेपालीको हक हितमा सदैव आफु कटिवद्ध रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले गैरआवासियन नागरिकताको सवाल संघ एनआरएनएमा महिला र युवा सहभागितालाई समेत बढाउन आफनो तर्फबाट पहल हुने धारणा राखे ।
उनले अमेरिकामा बसेपछि अमेरिकाकै राजनिति गर्नुपर्छ भन्ने विचारलाई अंगीकार गदै अमेरिकाको मुलधारे राजनितिमा आउन चाहनेलाई समेत एनआरएनएको तर्फबाट आफुले सक्दो सहयोगका लागी नया अभियान समेत संचालन गर्ने बताए । उनले पछिल्लो क्रममा अमेरिकी राजनितिमा नेपालीहरुको सहभागिता संगै निति निर्माण तहमा समेत नेपालीहरु पुग्ने क्रम बढेको र यसलाई अझै बढवा दिनुपर्ने बताए ।
उनले अन्तक्रियाका क्रममा एनआरएनए अमेरिकाका अध्यक्ष पदमा पुगेको खण्डमा गर्ने काम, भुमिका र भावी योजनाहरुको बारेमा प्रष्ट पारेका थिए । कार्यक्तममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, पत्रकार भोला आचार्य, नेपाल जनसम्पर्क समिति अमेरिकाका आनन्द विष्ट, समाजसेवी भरत अर्याल , नेपाल चेम्बर अफ कमर्शका बाल जोशी तथा डा अर्जुन बन्जाडे जिताउन अभियानका कार्यक्रम संयोजक सन्तोष विष्ट, लगायतले मन्तव्य राखेका थिए ।
डा बन्जाडेको एनआरएनए अमेरिकाको यात्रा २०१५ बाट सुरु भएको हो । उनी २०१५मा एजुक्सेन टाक्स फोर्सको चेयर भएर काम गरे ।
२०१७ देखि २०१९ मा बोर्ड अफ डाइरेक्टर तथा २०१९ देखि २०२१ वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
डा बन्जाडेको अमेरिका यात्रा
डा बन्जाडे पश्चिम अर्घाखाची अर्घातोस गाउॅमा जन्मेर त्यहीको सरकारी स्कुलबाट एसएल्सी पास गरि अमृत साइन्स क्याम्पसमा आइएसी पढन काठमान्डौ खाल्डोमा हानिएका थिए । सामान्य परिवारका उनी काठमान्डौमा संघर्षशिल जिन्दगी व्यतित गदै अध्यययनलाई अघि बढाए । त्रिचन्द्र कलेजबाट बिएससी पास गरे । प्रमाणपत्र र स्नातक तह विज्ञानमा उर्तिण गरेका उनले डिग्री भने जनसंख्या विषयमा कीर्तिपुरबाट उर्तिण गरे । डिग्रीको अध्ययन सकेपछि उनले रत्नराज्य लक्ष्मी क्याम्पसमा उपप्राध्यापक भएर जनसख्या विषय पढाए ।
त्यसपछि भने डा बन्जाडे थप अध्ययनका लागी भन्दै सन् १९९८ मा अमेरिका हानिए । एफआई विद्यार्थीको रुपमा उनी ओहायो विश्वविद्यालयमा डिग्री गर्न आइपुगे । ओहायो विश्वविद्यालयबाटै उनले माष्टर डिग्री गरे । त्यसै गरी पिएचडी भने उनले आम संचारमा गरे । अहिले उनी टेक्ससको ट्यारेन्ट काउन्टी कलेजमा स्टेट रिपोर्टिङ तथा स्टुडेन्ट सक्सेसको निर्देशकको रुपमा कार्यरत छन् । विभिन्न समसामयिक विषयमा लेख समेत लेख्दै आएका डा बन्जाडे बौद्धिक व्यक्तित्वको रुपमा परिचित मानिन्छन् । उनका समसामयिक लेखरचना नेपालका विभिन्न राष्ट्रिय अनलाइनहरुमा प्रकाशित छन् |