अमेरिका– टेक्ससबाट गैरआवासिय नेपाल संघ (एनआरएनए) अमेरिकाको अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले एनअ‍ेरिारएनलाई आसन र भाषणको संस्था नभई सबै प्रवासी नेपालीको साझा संस्थाको रुपमा विकास गर्ने बताएका छन् ।
एनआरएनए केवल खादामाला तथा आसन र भाषणको सस्था भएको गुनासो धेरै आएको छ’ आफनो गृहक्षेत्र टेक्ससमा आईतबार अर्भिङ स्थित नेपाली मन्दिरमा चुनावी भेटघाट कार्यक्रममा बोल्दै उनले भने– ‘चुनावी जितेपछि दुई वर्षमा एनआरएनए भित्रका सबै विकृति र बिसंगतिलाई हटाउने अभियानमा लाग्नेछु ।’
एनआरएनए अमेरिकालाई खादामाला लगाएर दुई चार जना राखेर मञ्चमा भाषण गर्ने काम मैले जितेपछि सकिन्छ उनले अगाडी भने–‘अबको दुई वर्ष मलाई काम गर्ने ठाउ“मा पुराउनुहोस म गरेर देखाउछु ।’
एनआरएनए हुने खानेको संस्था मात्रै भएको टिप्पण्ी गदै लामिछानेले अब त्यो नहुने दाबी गरे । ‘एनआरएनए केवल हुने खानेको मात्र सस्था भइरहेको छ, लामिछानेले भने– ‘कृष्ण लामिछाने जस्तो मान्छे एनआरएनएमा आएपछि सबैको साझा संस्थाको रुपमा विकास हुनेछ ।’
उनले आफु बलियो टिम बनाएर एनआरएनएमा नेतृत्व तहमा जान लागेकोले सबैले यो सामाजिक सांस्कृतिक र संस्थागत रुपान्तरणको यो अभियानलाई सहयोग गर्न अपिल गरे ।

उनले अहिले चुनावी प्रचारप्रसार अभियानको क्रममा राज्य राज्य डुल्दै गरेको एक प्रसंगमा यो एउटा चुनावी नाटक भएको स्वीकादै जितेपछि भाषणलाई पर सारेर काम गरेर देखाउने प्रतिवद्धता दोहोराए ।
लामिछानेले आफु चुनावी दौडाहका क्रममा राज्य डुल्दा नेपालीहरु संस्थागत रुपमा बाढीएको देखेको भन्दैअध्यक्षमा निर्वाचित भएपछि आफुले सबैलाई संघसंस्थालाई एकीकृत गदै एनआरएनएको समन्वय गरेर अघि बढने बताए ।

दुई दशक देखि अमेरिकाको टेक्ससको ड्यालसमा बसेर नेपाली समाजको हक र हितका लागी निरन्तर लागीरहेका लामिछाने एनआरएन भावी अध्यक्षको दौडमा छन् ।
लामिछानेले अमेरिकामा नेपाली समुदायमा पर्ने समस्यामा सधै अगाडी बढेर सहयोगका लागी अग्रसर हुने व्यक्तित्वको रुपमा चिनिन्छन् ।
टेक्ससमा बसेर व्यवसाय संगै सामाजिक गतिविधीमा सक्रिय शालिन र शान्त व्यक्त्विको रुपमा चिनिएका लामिछानेको उम्मेदवारीले सबैले चासोको रुपमा हेरेका छन् । ‘मैले लामो समय देखि अमेरिकामा बसेर सामाजिक स्वयसेवीको रुपमा कार्य गरेको कुरा आम नेपालीमा सर्वविदितै छ’ युएसनेपाल पोष्टसंगको कुराकानीमा लामिछानेले भने– ‘यसैले पनि म आगामी निर्वाचनका लागी एएटा बलियो उम्मेदवारको रुपमा खडा भएको छु ।’
उनले एनआरएनए अमेरिकालाई साचो रुपमा विशुद्ध सामाजिक संस्था बनाउन मेरो उम्मेदवारी हुने मेरो एउटा प्रमुख कारण हुने बताए ।
लामिछाने यस अघि एनआरएनए अमेरिका तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी २००७ मा आइसिसीको दोहोरो नागरिकता समितिको सदस्य थिए । त्यस्तै आइसिसीको नेपाली भाषा सािहत्य समितिको संयोजक, आइसिसीको मानार्थ सदस्य तथा एनआएरए अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर काम गरिसकेका छन् । २००५ देखि नेपाल डेमोक्रेटिक फोरम, ड्यालसको अध्यक्ष हुदै सामाजिक संघ संस्थामा लामिछानको अग्रसरता बढेको हो ।
जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि उनको भुमिका अगाडी छ । उनी सहित केही समुह मिलेर जनसम्पर्क समिति अमेरिका स्थापना गरे । जसको उनी संस्थापक महासचिव पनि हुन । जनसम्पर्क समितिको कागजात सबै अहिले पनि उनीसंगै छ ।
त्यस्तै २००९ मा उनी ड्यालस एभरेष्ट लायन्स क्लबको सभापति भए । सिएनएन हिरो पुष्पा बस्नेतको क्याम्पियन पनि उनको नेतृत्वमा त्यतिबेला चल्यो । त्यो बेला उनले प्रेसिडेन्टल अर्वाड पनि पाए । उनकै कार्याकालमा किताब पनि निस्कियो । त्यतिबेला लायन्स क्बलको अधिक ५२ जना सदस्य थिए । उनको कार्याकालमा नेपालमा ५० हजार डलर सहयोग पनि भयो ।

नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्ससको यहा“ आएदेखि नै उनी सक्रिय रहे । नेपाली पाठशाला र समर क्याम्प चलाए । नेपाली समाजको २०१३ देखि २०१५ सम्म सदस्य भए । २०१५ देखि २०१७ सम्म अध्यक्ष भएर काम गरे । उनको कार्यालयमा नेपाली समाज टेक्ससको तर्फबाट उल्लेख्य काम भए । नेपालमा १२ वटा स्कुलहरु निर्माण भए ३२ लाख खर्चेर विद्यालय निर्माणमा । व्यक्तिगत रुपमा उनको पहलमा नेपालमा गरीब जेहन्दारलाई छात्रवृत्ति देखि अन्य धेरै सहयोगहरु भएका छन् । अमेरिकामा कोही आपत पर्दा उपचार नपाउदा सहयोग जुटाउन सधै उनी अग्रसर हुन्छन् । अरुलाई पर्दा ज्यान दिएर उनी लाग्ने गर्छन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected