एनआरएनए अमेरिकाका अध्यक्षका चार प्रतिस्पर्धी एउटै मञ्चमा
टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्षका उम्मेदवार आईतबार साझ टेक्ससमा एउटै मञ्चमा झुल्किए ।
नेजा–एनआरएनए बहस कार्यक्रममा अध्यक्षका प्रत्याशीहरु डा अर्जुन बन्जाडे, बुद्धि सुवेदी, कृष्ण लामिछाने र तिलक केसी एक साथ देखिएका हुन । यस अघि भिन्दा भिन्दै चुनावी कार्यक्रमका क्रममा उनीहरु विभिन्न राज्यमा पुगेका थिए ।
चारै जना उम्मेदवारले बहसका क्रममा एउटा उदघोष गरे– ‘चुनावमा हार भए पनि निरन्तर संस्थामा लाग्ने र मुद्धा मामिलामा नजाने ।’ चुनावी प्रचारका क्रममा विभिन्न राज्य डुल्दै हिडेका अध्यक्षका प्रत्याशीहरु एउटै सभामा बसेर चुनावी जस्तोसुकै परिणामलाई स्वीकादै भावी एनआरएनएको अभियान निरन्तर कटिवद्ध हुने बताएका थिए ।
टेक्ससबाट अध्यक्षका उम्मेदवार बनेका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले यस अघि पनि एनआरएनए अमेरिकाको निर्वाचनमा सर्वाधिक मत ल्याएर बिजय भएको प्रसग उठाउदै आफुले नै चुनाव जित्ने दाबी गरे । यदि हारिहाले भने पनि म सस्था विरुद्ध बोल्ने छैन र लाग्ने छैन’ बन्जाडेले प्रष्टाए ।
एता टेक्ससबाट अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले पनि आफुले नै चुनाव जित्ने दाबी गरे । ‘चुनाव मैले नै जित्छु लामिछानेले भने– अमेरिकाबासी नेपालको समर्थन र लहरले यही देखाएको छ । यदि आकाश खस्यो भने त केही लाग्दैन । हारि हाले भने पनि अध्यक्षले भन्दा एनआरएनएमा बढी काम गरेर देखाउने विश्वास लामिछानेले प्रकट गरे ।
अध्यक्षका अर्का प्रत्याशी बुद्धि सुवेदी चुनावमा हार भइहाले पनि अड्डा अदालत नधाउने प्रतिवद्धता गरे । उनले चुनाव हारे पनि एनआरएनएको अभियानमा आफु निरन्तर लाग्ने बताए । उनले आफुले एनआरएनएमा अध्यक्षमा जितेको खण्डमा दुई वर्ष पुर्णकालिन रुपमा एनआरएनमा काम गर्नका लागी छुटाएको बताए । ‘परिवारसंग सल्लाह गरेर अध्यक्षमा जिते भने दुई वर्ष एनआरएनमा काम गर्नका लागी छुटाइसकेको छु’ सुवेदीले भने–‘महिनौ नेपालमा बसेर काम गर्न परेर पनि म बस्न तयार छु ।’
अध्यक्षकै उम्मेदवार तिलक केसीले पनि एनआरएनएको अभियानमा अहिले पनि लागिरहेको र हारे पनि त्यो यात्रा नरोकिने बताए । म एनआरएनमा जीत र हारका लागी हैन,उद्देश्य प्राप्तिका लागी हिडेको हु“ केसीले भने–‘ एनआरएनएको यात्रामा जिते पनि हारे पनि म अविराम लागीरहनेछु ।’
कार्यक्रममा चार जना अध्यक्षका उम्मेदवारले युवा र महिलालाई एनआरएनमा सहभागिता र आकर्षण गर्ने कार्यक्रम ल्याउने प्रतिवद्धता समेत गरे । गैरआवासिय नेपालीलाई नागरिकताको सवाल देखि दोस्रो पुस्तलाई एनआरएनएमा जोडन र मातृभुमिका लागी काम गर्ने बारेमा चारै जना अध्यक्षका उम्मेदवारले एकमत जाहेर गरेका थिए ।