टेक्सस–  गैरआवासिय नेपाली संघ (एनआरएनंएर्) अमेरिकाका अध्यक्षका उम्मेदवार  तिलक केसी आईतबार साझ टेक्ससमा आयोजीत नेजा–एनआरएनए बहस कार्यक्रममा कडा रुपमा प्रस्तुत भए ।
उनले एनआरएनएमा राजनिति हावी भएको तर्फ इंगित गदै एनआरएनए साझा संस्था बन्न नसकेको भन्दै कडा टिप्पणी परे । ‘एनआरएनए राजनितिमा चुर्लुम्म डुब्यो, नेपालको राजनिति एयरपोर्टमै छाडेर आउनुपर्छ केसीले भने– ‘तर यहा बोकेर आउदा एनआरएनमा चरम रुपमा राजनिति हाबी भयो ।’ उनले एनआरएनएलाई नेपाली राजनितिको भातृसंगठन जस्तो बनाइएकोमा आक्रोस व्यक्त गरे । एनआरएनमा नेपालको राजनिति ल्याउने हैन, तर यहा ल्याइएको छ, केसीको भनाई थियो ।
उनले अहिले एनआरएनए अमेरिकाको चुनावी प्रचार शैलीलाई लिएर पनि उनले तिखो टिप्पणी गरे । एनआरएनए अमेरिकाको चुनाव प्रचारमा लावालस्कर बोकेर ब्ल्याक लेबल फोदै बेहुला बनेर हिडेको देखियो उनले आफनै समकक्षी प्रतिस्पर्धी प्रति इंगित गदै भने–‘लावालस्कर टिम लिएर हिडेको देखियो ।’ उनले नेपालमा कोभिडका कारण अक्सिजन नपाएर जन्ता मरिरहदा सहयोग गर्ने बेला भएको बताउदै जन्ती लावा लस्कर बोकेर हिडनु मातृभुमि प्रति अन्याय भएको बताए ।
उनले एनआरएनए अमेरिकाको चुनाव प्रचारका नाममा केहीलाई सल्लाहकार र संरक्षकले नै बोकेर हिडेको आरोप लगाए । यसरी उम्मेदवारलाई बोकेर हिडने एनआरएनएका सल्लाहकार र संरक्षकलाई पदबाट तुरुन्तै बर्खास्त गर्नुपर्ने बताए । उनी बहस कार्यक्रममा खरो रुपमा प्रस्तुत भएका थिए । सहभागीले समेत परर ताली बजाएका थिए ।
उनले एनआरएनए पदको भाडभाडले साझा संस्था नबन्ने बताउदै क्रमभंग जरुरी रहेको समेत स्पष्ट पारे । उनले एनआरएनए जबसम्म राजनितिबाट माथि उठदैन तब सम्म यो साझा संस्थाको रुपमा माथि नउठने बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected