अमेरिका–अमेरिकामा साता भरि बन्दुक आक्रमणका घटनामा एक दर्जन भन्दा बढीको ज्यान गएको छ । बन्दुक आक्रमणका क्रममा ५० जना भन्दा बढी घाइते भएका छन् । बन्दुक आक्रमणका घटना न्युजर्सि, दक्षिण क्यारोलिना, जर्जिया ओहायो, मिनिसोटा लगायतका राज्यमा बन्दुक हमला भएका हुन ।
गन भाइलेँस अर्काइभका अनुसार यो वर्ष अहिलेसम्म अमेरिकामा झण्डै दुई सय सामुहिक बन्दुक आक्रमणका घटना भएका छन् । अमेरिकाले हालैका दिनमा दिनहु बन्दुक आक्रमणको घटना सामना गर्न परिरहेको छ । राष्ट्रपति जो बाइडेलने बन्दुक आक्रमण कम गर्न ६ कार्यकारी उपायको सुरुवात गरेका छन् । अमेरिकामा कोरानो महामारी संगै बन्दुक विक्रीमा बृद्धि भएको छ । अमेरिकामा २०२० अहिलेसममकै हिसात्मक वर्ष बन्न पुगेको छ ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...