कोरोनाभाइरस संभावित ल्याबमा बनेको दाबा सहितको सामग्रीको प्रतिबन्ध फेसबुकले हटायो
अमेरिका–बहुचर्चित सामाजिक संजाल फेसबुकले कोभिड–१९ संभावित ल्याबमा बनेको भन्ने दाबा गरिएको सामग्री फेसबुकले प्रतिबन्ध लगाउदै आएको थियो । तर अब भने फेसबुकले त्यो प्रतिबन्ध हटाएको छ ।
द हिल मिडियाले फेसबुकका एक प्रवक्तालाई इंगित गदै लेखेको छ– कोभिड–१९ को उत्पतिको बारेमा भइरहेको जा“च तथा सार्वजनिक स्वास्थय विशेषज्ञसंगको परामर्श पछि हामीले अव यो दाबीलाई आफनो प्लेटफर्मत्रबाट नहटाउने निर्णय गरेका छौ कि कोरोनाभाइरस मानव निर्मित हो ।’
फेसबुक ले नियमित रुपमा आफनो नितिलाई अपडेट गर्ने क्रममा यो निति आएको हो । फेसबुकले महिनौपछि यो प्रकारको पोष्ट प्रतिबन्ध गरेपछि यस्तो निर्णय गरेको हो । यस अघि फेसबुकले कोरोना महामारीको बारेमा गरिएको यस्तो पोस्टलाई गलत सुचना मान्दै आएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत कोरोना उत्पतिको बारेमा प्रश्न उठाउदै गुप्तचर निकायलाई ९० दिनभित्र छानवीन गरी रिपोर्ट सार्वजनिक गर्न आग्रह गरे संगै फेसबुकले पनि आफनो निति बदलिएको हो ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















