अमेरिकामा कोभिड रिलिप फन्डका नाममा लिएको ५ मिलियन रकमको यसरी गरियो चरम दुरुपयोग
अमेरिका– अमेरिकामा कोराना महामारीको प्रकोप पछि धेरैको व्यापार व्यवसाय चौपट भएको थियो । व्यापार व्यवसायमा नोक्सान भएपछि सरकारले सहयोगका लागी ‘पेचेक प्रोटेक्सन प्रोग्राम’ नामबाट रिलिफ फन्ड लन्च गरेको थियो । सरकारले यो व्यापार व्यवसायबाट ठुलो नोक्सानी व्यहोरेकाहरुलाई यो कार्यक्रम ल्याएको थियो । तर दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने ३८ वर्षिय मुस्तफा कादरी नामका व्यक्तिले भने सरकारको आखामा छारो हालिदिए । उनले कोभिड–१९ रिलिफ फन्डका नाममा लिएको ५ मिलियन डलरको फन्ड आफनो व्यपार व्यवसाय व्यवस्थापनका लागी प्रयोग नगरी बिलासिताका महंगो गाडी किन्नमा खर्चिए । उनले सरकारबाट प्राप्त क्रिणबाठ तीन वटा मंहगो लग्जरी कार किनेका थिए ।
यसरी सरकारी रकम हिनामिना गरेको आरोपमा उनी प्रहरीको घेराबन्दीमा परे । उनलाई गलत तवरले फन्ड लिएर प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई जालसाझी, बैक धोकाधडी लगायतका विभिन्न आरोपमा मुद्धा चलाइएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...