अमेरिकामा अब सिनेमा घरमा सिनेमा हेर्न मास्क लगाउन नपर्ने

अमेरिका– कोरोनाभाइरसबाट केही राहत पाइरहेको अमेरिकामा अब सिनेमा हलमा पनि अब मास्क लगाउन नपर्ने भएको छ । अब सिनेमा घरमा आफनो मन परेको सिनेमा हेर्न सकिने भएको छ । कोरोना भ्याक्सिनको दुबै डोज लगाएकाले अब माक्स नलगाई सिनेमा घरमा पुगेर आफुलाई मन पर्ने सिनेमा हेर्न पाउने भएका हुन । अमेरिकामा जारी गरिएको दिशानिर्देशन अनुसार तीन मुख्य मुवि थिएटर्समा मास्क लगाउन नपर्ने भएको हो । एएमसि इन्टरटेनमेन्ट, सिनेमार्क तथा रिगल सिनेमाजले आफनो बेभसाइटमा यो जानकारी राखेको छ सिडिसीको दिशानिर्देश अनुसार कोरोना भ्याक्सिन को दुबै डोज लगाएकालाई सिनेमा हेर्न आउदा मास्क लगाउन नपर्ने एमएमसिले आफनो वेभसाइट मार्फत जानकारी गराएको छ । पुर्ण भ्याक्सिन लगाएकाले अब मास्क लगाउन पर्ने छैन । जसले कोरोनाको पुरै डोज लगाएका छैनन उनिहरुले भने मास्क लगाउनुपर्नेछ ।
कोरोना महामारीका कारण लामो समय देखि ठप्प रहेको सिनेमाघर अब भने सिडिसीको यो दिशानिर्देशले हलमा सिनेमा हेर्नेहरु बढने विश्वास गरिएको छ । यो परिवर्तित नियम संगै अमेरिकाका सिनेमा घरमा अब सिनेमा हेर्नेहरु पनि बढनेछ्न ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected