एनआरएनए अमेरिकामा टेक्ससबाट विजय उम्मेदवारहरु

टेक्सस– गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको निर्वाचनमा सर्वाधिक मतदाता रहेको राज्य हो टेक्सस । टेक्ससबाट निर्वाचनमा उम्मेदवार बन्नेको संख्या पनि त्यतिकै थियो । निर्वाचनमा होमिएका मध्ये केहीले मात्र एनआरएनए अमेरिकाको निर्वाचिनमा जित हासिल गरेका छन् । अध्यक्षमा उठेका डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले भने निर्वाचित अध्यक्ष बुद्धी सुवेदीसंग पराजीत भएका हुन ।
गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको २०२१–२०२३ कार्यकालका लागी भएको निर्वाचनमा उपाध्यक्षमा सर्वाधिक मत ल्याएर टेक्ससका व्यवसायी सुमन थापा विजय भएका छन् । उनले ५ हजार ९ सय ७५ मत ल्याएर जित हासिल गरेका हुन ।
नेपाली समाज टेक्ससका निवर्तमान अध्यक्ष रहेका थापाले लोकप्रिय मत ल्याएर जितेका छन् । त्यसै गरि उपाध्यक्षमा टेक्ससकै युवा व्यवसायी विकास उप्रेतिले जित हासिल गरेका छन् । उनले ४ हजार ४ सय ४३ मत ल्याएर जित हासिल गरेका हुन । त्यस्तै सहकोषाध्यक्षमा टेक्ससबाटै अग्नि ढकाल विजयी भएका छन् । उनी न्युयोर्कबाट बसाइ सरेका हुन । उनले ६ हजार २ सय ६ मत ल्याएका छन्
त्यसै गरि युवा संयोजकमा टेक्ससबाटै त्रिभुवन पाण्डे विजय भएका छ्न । उनले ८ हजार २ सय ३० मत प्राप्त गरेका छन् ।
एनआरएनए बोर्ड सदस्यमा टेक्ससबाट चिकित्सा पेशामा संलग्न डाक्टर प्रकाश श्रेष्ठ विजय भएका छन् । त्यसै गरि भर्खर मात्रै न्युयोर्कबाट बसाइ सरेर टेक्सस आएका प्रभात सापकोटा पनि विजय भएका छन् ।
अन्तराष्ट्रिय समन्वय परिषदमा अमृत सापकोटा, नारायण कडेल र विनोद तिवारीले जित हासिल गरेका छन्