टेक्सस च्याप्टर अध्यक्ष जितेका सोफिनले स्थानिय संघ संस्थासंग सहकार्य गरेर समुदायको हितमा काम गर्ने प्रतिवद्धता
टेक्सस– गैरआवासिय नेपाली संघ एनआरएनए टेक्सस को अध्यक्षमा सोफिन थापाले जित हासिल गरेपछि थप उत्साही भएका छन् । टेक्ससमा बसेर व्यवसाय संगै सामाजिक क्षेत्रमा क्रियाशिल युवा थापाले जित पछि थप जिम्मेवारी थपिएको बताएका छन् । उनले पदभार ग्रहणपछि आफनो पहिलो प्राथमिकता स्थानिय संघ सस्थालाई एकत्रित बनाउदै सहकार्य गरेर नेपाली समुदायका हक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘एनआरएनए लाइृ सबैको साझा एनआरएनको अभियान अनुरुप अगाडी बढनेछु’ थापाले जित पछि प्रतिकृया दिदै भने– ‘टेक्ससमा रहेका सबै नेपाली संघसंस्था संग सहकार्य गरेर समुदायको हितमा काम गर्नेछु ।’
उनले भर्खरै सम्पन्न एनआरएनए निर्वाचनमा आफना प्रतिस्पर्धी सन्देश उप्रेतीलाई पराजीत गदै विजय हासिल गरेका हुन । सोफिनले १ हजार ५ सय २४ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी सन्देशले १ हजार ४ सय ४९ मत ल्याएका थिए । अघिल्लो कार्यकालको निर्वाचनमा पनि सोफिनले सचिव पदमा सन्देशलाई नै पराजीत गरि जीत हासिल गरेका थिए ।
सोफिन थापा टेक्ससमा बसोबास गर्छन । उनी नेपालमा रहदा संचाारकर्मिको रुपमा कार्यरत थिए । टेक्ससमा भने नी अहिले युवा व्यवसायीको रुपमा चिनिएका छन् । त्यसै गरी टेक्ससमा बसेर सामाजिक काममा पनि उनको अग्रसरता रहेको छ । नेपालबाट राजनितिक व्यक्ति देखि अन्य विशिष्ट व्यक्तिहरु आउदा समेत उनले यहा“ विभिन्न कार्यक्रमहरुको चाजोपाजो समेत मिलाउदै आएका छन् । टेक्ससमा सामाजिक काम देखि नेपालीहरुको विभिन्न गतिविधिहरुमा उनको उपस्थिति बाक्लो हुने गरेको छ ।
‘एनआरएनए टेक्सस च्याप्टरमा सचिवको रुपमा रहेर काम गरेको अनुभवका आधारमा भावी अध्यक्षका लागी उम्मेदवारी दिएको छु’ थापाले भने–‘अहिले गरिरहेको कामको मुल्याङकन गरेर सबैले मेरो पक्षमा मतदान गर्नुहुनेछ भन्ने पुर्ण विश्वास छ ।’
सोफिनले एनआरएनए टेक्सस च्याप्टरको सचिव रहदा अमेरिकामा फैलिएको कोरोना महामारीको समयमा आपत्तमा परेका नेपाली विद्यार्थी देखि नेपाली समुदायलाई सहयोगीको भुमिका निर्वाह गरेका थिए । त्यसै गरी अन्य आपत्तमा परेका नेपालीहरुलाई सहयोग गर्न उनी सदैव तम्त्यार हुने गरेका छन् । एनआरएनएका केही अगुवाहरुले समेत थापालाई एनआरएनएमा काम गर्न सक्ने एउटा जुझारु युवाको रुपमा लिने गरेका छन् ।
ज्ञान सिप र क्षमताले भ्याएसम्म उनले आफुले भ्याए सम्म सामाजिक काममा आफु निरन्तर लागीरहेन प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।