अमेरिकाको ‘मोस्ट वान्टेड ‘टप टेनको सुचीमा एक भारतीय पनि परेका छन् ।
अमेरिकाको फेडरल ब्युरो अफ इन्वेस्टिगेशन  (एफसीआई) ले भद्रेश कुमार पेटललाई मोस्ट वान्टेड सुचीमा राखेको हो । उनी भारतको गुजरातस्थित अहदाबादका बासिन्दा हुन । उनले अमेरिकामा आफनी  पत्नीलाई  हत्या गरेर फरार भएका थिए ।
सन् २०१५ देखि उनी सर्वाधिक खाेजीमा छन् । उनी बारे सुचना दिने र भेटाउनलाई एक करोड रुपैया पुरस्कारको घोषणा समेत गरेको छ । उनले मेरिल्याण्ड स्थित हैनोबरमा रहेको डंकिन डोनट स्टोरमा पासविक तवरले छुरी प्रहार गरी श्रीमतिको हत्या गरेका थिए । दुवै जना रातीको स्फिटमा काम गदै आएका थिए । हत्याको समय पटेल २४ वर्षका र हत्या गरिएकी पत्नी २१ वर्षकी थिइन । उनको नाम मोस्ट वान्टेड सुचीमा दुई वर्ष अघि परेको हो ।

माेस्ट वान्टेड पटेल

स्टोरमा भेटिएको सिसिटिभी फुटेजमा सुरुमा दुवै जना सगै देखिन्छन् । पछि श्रीमति गायब हुन्छिन् । पछि उनी स्टोरको ओभन बन्द गरेर हतास मुद्रामा निस्केको सिसिटिभी फुटेजमा देखिन्छ । हत्या गरेर स्टोरबाट निस्केपछि ऊ भागेर आफनो अर्पाटमेण्ट पुगेको थियो ।
त्यहाँबाट आफनो केही सामान बोकेर ट्याक्सी भाडामा लिएर न्युयोर्कको एउटा हवाई नजिककैको होटलमा गएर बसेका थिए । यो पासविक हत्याकाण्डको खुलासा एफबीआईले गरेको थियो । मृतककी पत्नीको शब २०१५  अप्रिल १५ मा बरामद गरिएकाे थियाे । शब काे पुरै  शरीर भरि चक्कु प्रहार गरि हत्या गरिएकाे निशान थियाे ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected